News Portal

कृष्ण परियारको निर्देशनको लोकदोहोरी गीत “जोगी” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
५३५ पटक

काठमाडौँ, २८ जेठ : छोटो समयमा आफ्नु पहिचान बनाउन सफल निर्देशक कृष्ण परियार (श्री कृष्ण)को निर्देशनमा लोकदोहोरी गीत “जोगी”सार्बजनिक भएको छ। करिब ४ दर्जन भन्दा बढी भिडियोको निर्देशन गरिसकेका निर्देशक परियारको निर्देशनमा प्रतिमा परियार (सोनी)को पहिलो लोकदोहोरी गीत “जोगी” सार्बजनिक भएको हो ।

गायक यज्ञ ओली र गायिका सरिता थापा आबाजमा रहेको उक्त गीतको शब्द प्रतिमा परियार सोनीले लेखेकी हुन् । गीतको लय गायक स्वयंम यज्ञ ओलीले नै गरेका छन् ।

पछिल्लो समयमा ब्यापक चर्चामा रहेको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्मसले बजार ब्यबस्थापन गरेको म्युजिक भिडियोको छायांकन अनिल जिसीले गरेका हुन्। भिडीयोमा मोडल धनीराम चौधरी, निशा शाही र लक्ष्मी तामाङको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...