News Portal

पाँचथर हत्याकाण्ड : मानबहादुरको संलग्नता छैन भन्दै मिडियामा आए आफन्त (भिडियो सहित)

हिमाली संचार संवाददाता
४६८ पटक

पाँचथर, १६ जेठ : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको हत्यामा ज्वाई भनिएका मानबहादुर माखिमको संलग्नता हुनै नसक्ने भन्दै उनका आफन्त मौसम लिम्बू माखिमले बताएका छन।

मौषमले भनेका छन्, एक जनाले मात्र यो घटना घटाउनै सक्दैन्, मानबहादुरलाई देखाएर यो केस ढिसमिस गर्न खोजिदैछ । श्रीमानश्रीमतीको घर झगडालाई तेस्रो ब्यक्तिले फाईदा उठायो । उनले सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेका छन् । प्रहरी प्रशासनले भने हत्यामा संलग्न दोषीलाई पत्ता लगाउने गरी आफूहरुले खोजी गरिरहेको बताएको छ ।

घट्नाको गहन अध्ययन गरी दोषीलाई कारबाही गर्ने प्रहरीले प्रतिवद्धता जनाए पछि आफन्तले शव जिम्मा लिएका थिए। आत्महत्या गरेका मानबहादुरको ससुरा र साढुका परिवार घटनामा परेका छन् । ससुरा बमबहादुर फियाखसहित परिवारका चार र साढु धनराज शेर्माको परिवारका पाँच जनाको विभत्सरुपमा हत्या भएको थियो ।

जेठ ६ गते राति सुतिरहेका बेला घटना भएकाले र प्रतीकार गर्नसक्ने मान्छेसमेत नहुँदा उनीहरु दुर्घटनामा परेको प्रहरीको भनाइ छ। मलेसिया गएर फर्किएका मानबहादुरको विवाह मनकुमारी फियाखसँग विसं २०६८ मा भएको थियो। मलेसियामा रहँदा नै पारिवारिक किचलो शुरु भएको बताए पनि के कारण भनेर यकिन नभएको प्रहरीले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार उनले परिवारका अन्य सदस्यलाई पैसा पठाउने गरे पनि श्रीमतीलाई दिने गरेका थिएनन् । पारिवारिक कलहले श्रीमती माइतमा गएर बसेकी थिइन् । श्रीमती घर जान नमानेपछि उनीहरुबीच पारपाचुकेको प्रक्रिया चल्दै थियो । प्रहरी नायब उपरीक्षक कुँवरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको बुझिएको बताए ।

भिडियो हेर्नुहोस।

https://youtu.be/OJZlWmVhIXQ

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...