News Portal

पाँचथर हत्याकाण्ड : मानबहादुरको संलग्नता छैन भन्दै मिडियामा आए आफन्त (भिडियो सहित)

हिमाली संचार संवाददाता
५०३ पटक

पाँचथर, १६ जेठ : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको हत्यामा ज्वाई भनिएका मानबहादुर माखिमको संलग्नता हुनै नसक्ने भन्दै उनका आफन्त मौसम लिम्बू माखिमले बताएका छन।

मौषमले भनेका छन्, एक जनाले मात्र यो घटना घटाउनै सक्दैन्, मानबहादुरलाई देखाएर यो केस ढिसमिस गर्न खोजिदैछ । श्रीमानश्रीमतीको घर झगडालाई तेस्रो ब्यक्तिले फाईदा उठायो । उनले सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेका छन् । प्रहरी प्रशासनले भने हत्यामा संलग्न दोषीलाई पत्ता लगाउने गरी आफूहरुले खोजी गरिरहेको बताएको छ ।

घट्नाको गहन अध्ययन गरी दोषीलाई कारबाही गर्ने प्रहरीले प्रतिवद्धता जनाए पछि आफन्तले शव जिम्मा लिएका थिए। आत्महत्या गरेका मानबहादुरको ससुरा र साढुका परिवार घटनामा परेका छन् । ससुरा बमबहादुर फियाखसहित परिवारका चार र साढु धनराज शेर्माको परिवारका पाँच जनाको विभत्सरुपमा हत्या भएको थियो ।

जेठ ६ गते राति सुतिरहेका बेला घटना भएकाले र प्रतीकार गर्नसक्ने मान्छेसमेत नहुँदा उनीहरु दुर्घटनामा परेको प्रहरीको भनाइ छ। मलेसिया गएर फर्किएका मानबहादुरको विवाह मनकुमारी फियाखसँग विसं २०६८ मा भएको थियो। मलेसियामा रहँदा नै पारिवारिक किचलो शुरु भएको बताए पनि के कारण भनेर यकिन नभएको प्रहरीले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार उनले परिवारका अन्य सदस्यलाई पैसा पठाउने गरे पनि श्रीमतीलाई दिने गरेका थिएनन् । पारिवारिक कलहले श्रीमती माइतमा गएर बसेकी थिइन् । श्रीमती घर जान नमानेपछि उनीहरुबीच पारपाचुकेको प्रक्रिया चल्दै थियो । प्रहरी नायब उपरीक्षक कुँवरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको बुझिएको बताए ।

भिडियो हेर्नुहोस।

https://youtu.be/OJZlWmVhIXQ

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...