News Portal

भाजपाको बहुमत सुनिश्चित, अहिलेसम्म कसको कति सिट ?

हिमाली संचार संवाददाता
५८६ पटक

भारत –भारतीय लोक सभाको निर्वाचनको बिहीबार राती अबेरसम्मको निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत आउने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा १७९ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले ३९ स्थानमा बिजय हासिल गरेको छ । भाजपाले अन्य १६९ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको ४८ स्थानमा अग्रता रहेको छ ।
यस्तै बहुजन समाज पार्टी र समाजवादी पार्टीको गठबन्धनले ८ स्थानमा जित र ८ स्थानमै अग्रता बनाएको छ ।

इन्डिया त्रिनामुल कङ्ग्रेसले ८ स्थानमा विजयी बनेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ । एजेएसयू पार्टीले एक स्थानमा अग्रता लिएको छ । त्यस्तै अल इन्डिया अन्ना द्रविडा मुन्नेत्र खाजागमले दुई स्थान र आम आदमी पार्टीले एक स्थानमा अग्रता लिएको छ ।

यर्सगरी भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी्र) ले तीन स्थानमा अग्रता लिएको छ भने हिन्दूवादी शिवसेना ले छ स्थानमा विजय हाँसिल गरेको छ भने १२ स्थानमा अग्रता देखिएको छ । लोकजन शक्ति पार्टीले दुई स्थानमा विजय हाँसिल गरेको भने बाँकी चार स्थानमा अग्रता लिएको छ ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४२ स्थानका लागि चुनाव भएको थियो ।

लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो ।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...