News Portal

निर्मला पन्तको हत्यारा पत्ता लगाउन महिला मानव अधिकार रक्षक सञ्जालको माग

९९६ पटक

हरकसिंह धामी,
कञ्चनपुर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालीका वडा नं. २ की १३ वर्षीया निर्मला पन्तको हत्या भएको २ हप्ता बिती सक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै महिला मानव अधिकार रक्षक सञ्जालले पन्तको हत्यारा पत्ता लगाउन माग गरेको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्ररीय अध्यक्ष रेणु अधिकारीले महिलाको सरीर प्रति पुरुषबादि चिन्तनका कारण महिला बलात्कृत हुने गरेको यस्ता घटना हुन नदिन व्यापक जनचेतना र कडा कनुनको आवश्यकता रहेको बताउनुभयो । नेपालमा बलात्कारको पक्षका कानुन बलियो भए अनुसन्धानको निती कमजोर र प्रहरी प्रशासनको अनुसन्धान कमजोर भएको उहाले बताउनुभयो ।

जिल्ला समन्वय समिति कञ्चनपुरकी उप प्रमुख सानुकुमारी बुढाथापामहरा जिल्ला समन्वयले कञ्चनपुरका स्थानीय तहका उप प्रमुखहरुले गृह मन्त्रीसंग बसेर घटनाको बारेका जाकारी गराएको र नेपालमा बलात्कारीलाई फासिँको सजाय हुनु पर्ने माग समेत गरेको बताउनुभयो । बलात्कार भएको महिलाको सम्पुण जिम्मा सरकारले लिनुपर्ने बताउनु्भयो । भिमदत्त नगरपालीकाकी उप प्रमुख सुशिला चन्द सिहले दोषिलाई कारवाई गराउनको लागी आफ्नो तर्फबाट सम्पुर्ण सहयोग गर्ने तयार रहको बताउनुभयो ।

छलफलमा महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्ररीय अध्यक्ष रेणु अधिकारी, कञ्चनपुर र कैलालीका महिला मानव अधिकार कर्मी, कञ्चनपुरका स्थानीय तहका उप प्रमुखहरु र स्थानिय महिलाहरुको सहभागीता रहेको थियो । छलफल पछि महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्ररीय अध्यक्ष रेणु अधिकारी लगायतले बजार परीसरमा बलात्कारीलाई फासी दे , दोषिलाई कारवाई गर भन्ने नारा लगाउदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगे ।

प्रहरीले केन्द्रबाट सिआईबिको टोली खटाएकोभए पनि हत्यारा पत्ता लगाउन सकेको छैन । साउन १० गते विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको शब ११ गते शुत्रबार विहान ८ बजे भीमदत्त नगरपालीका १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको थियो । नेस

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...