News Portal

विष्णु माझीको स्वरमा “अनुसन्धान” गीत बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
४९९ पटक

जेठ २, काठमाडौं : धुन नेपालको प्रस्तुतिमा “अनुसन्धान” बोलको गीत हालै मात्र सार्वजनिक भएको छ । जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत अनुसन्धान बुधबार सार्वजनिक गरिएको हो।

गीतमा गायिका बिष्णु माझी र नवगायक अशोक विकको स्वर रहेको छ । गीतमा शब्द सागर रेग्मीका हुन् भने लय किशोर खत्रीले गरेका छन् ।

निर्देशक डि आर सुजनको निर्देशनमा रहेको गीतमा मोडल किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, बिबिषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगायत कलाकारहरुको अभिनय छ ।

रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको उक्त गीतलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । सो गीतको म्युजिक भिडियोलाई धुन नेपालले बजार व्यवस्थापन गरेको छ  ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...