News Portal

विशाल पाख्रीनको “लभ्ली माइली” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
४९० पटक

काठमाडौं, १ जेठ : निक्कै लामो समयदेखी कुवेतमा कार्यरत विशाल पाख्रीनले आफ्नो वैदेशिक रोजगारी संगै गीतसंगितलाइ पनि अघि बढाइरहेका छन। गीत संगीतलाइ आफ्नो नजिकको मित्रको रुपमा हेर्ने विशाल यतिबेला गीतसंगितमा नै भविस्य खोजिरहेका छन। भविस्य खोज्दै जाने क्रममा आजै मात्र उनको “लभ्ली माइली” उनको आफ्नै युट्युब च्यानल विशाल मिडियाबाट सार्वजनिक भएको छ।

त्यसो त बिशाल पाख्रीनले यो भन्दा अघि पनि आफ्नो र अरुको शब्द/लयमा झन्डै एक दर्जन गीत गाइसकेका छन। आफ्नो कामलाई बढी प्राथामिकता दिइनुपर्ने भएकोले बचेको समयलाई मात्र गीत संगीतमा खर्चिनु परेकोले लामो समयपश्चात लभ्ली माइली सार्वजनिक गरेको बताउने पाख्रीनले यस गीतबाट पनि विगतका गीतहरुमा जस्तै दर्शक स्रोताको मायाको अपेक्षा गरेका छन।

जिग्मे मिडिया प्रोडक्सनबाट अभि लामको निर्देशनमा विशाल पाख्रीन र चर्चित गायिका पुर्णिामा लामाको मीठो आवाजले सजिएको गीत विशाल मिडिया यु ट्युब च्यानलबाट सार्वजनिक भएको छ। यस गीतको शब्द विशाल पाख्रीन आफैले गरेका छन भने संगीत नेपाली तामाङ सेलो बेसमा दर्शक स्रोताले अत्याधिक मन पराइएका गायक विश्व दोङ्ले गरेका छन। यस गीतलाइ दिपेश प्रधानले मिक्सिङ गरेका छन।

विशाल पाख्रीनको लभ्ली माइलिमा बुगिवुगिबाट खुव चर्चा कमाएका सरोज मोक्तान, चर्चित मोडलद्वय सम्झना लामा र शाना लामाको अभिनय देख्न सकिन्छ भने यस गीतको भिडियोलाइ सुर्य लामाले एडिट गरेका हुन। लभ्ली माइलीको निर्माता विशाल पाख्रीन, माया तामाङ र लक्ष्मण स्याङ्बो हुन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

https://youtu.be/pcJY1pA4TYk

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...