News Portal

क्रिकेट खेलमा लाखौं रुपैयाँ खर्चने तर एउटा गरिवलाई उपचारका लागि २ हजार मात्रै ?

हिमाली संचार संवाददाता
५६६ पटक

रबिन्द्र बराल/जेठ १ : माेरङकाे सुनवर्सि नगरपालीक ८ स्थित कुडेली चाेक बिश्वकर्मा टाेलमा बसाेबास गर्दे अाएका इलयाज मियाँका २२ बर्षिय छाेरा रहेमान मियाँकाे टाउकामा ठुलाे घाउ पनि पैसा अभावका कारण उपचार हुन सकेन । एक बर्ष अगाडि बिधुत लाईन बनाउने क्रममा टाउकाेमा करेट लागेपछि उनको शरीर समेत कमजोर भएको छ ।

घरकाे अार्थिक अवस्था कमजोर भएकै कारण एक बर्ष बितिसक्दा समेत उनले अाफ्नाे टाउकोमा रहेको गहिरो घाउ पाल्न बाध्य रहेका छन । गरिव भएकाले उनको उपचार हुन सकेका छैनन् । एक छाेरा र तीन छाेरी र श्रीमती छन घरकाे अवस्था नाजुक भएकै कारण परिवार पाल्न पाेषण गर्ने समेत समस्य परेको उनलेे बताए ।

दैनिकी ज्याला मजदुर गरेर घर खर्च चलाउदै अाएका हरेमान अहिले परिवार पाल्न गाउँ घरमा मागेर छाेरा छाेरी लाई पालिहरेका छन । तर अाफ्नाे टाउकाेमा रहेको गहिरो घाउकाे भने उपचार गराउन सकेका छैन । केही महिना अगाडि रंगेली अस्पतालमा उपचार गराएता पनि उनकाे टाउकोमा छाला लगाउ डाक्टरले सुझाव दिएता पनि अन्यत्र गएर उपचार गराउन सम्भव नभए पछि अहिले उनलेे राम्रो अस्पतालमा गएर उपचार गराउन सकेका छैनन् ।

सुनवर्सि नगरपालिकाले अार्थिक सहयोगकाे पत्र लेखिदिए पछि उनले साेही पत्र देखाउदै रंगेली बजारमा उपचारका लागि रकम संङकल्न गर्ने बाध्य रहेका छन । उनले भने उपचारका लागि रकम सहयोग गरेता पनि अाफुले छाेरा छाेरी पालनपोषण गरेकाे बताए। घरमा बिहान बेलुका छाक टार्न धेरै समस्य रहेको हुनाले अाफुलाई उपचारका लागि उठाएकाे चन्दाले परिवार पालिरहेको सुनाए ।

सुनवर्सि नगरपालिकाले उपचारका लागि भन्दै २ हजार रुपैयाँ रकम दिएकाे बताए । नगरपालिकाले केहि महिना अगाडि क्रिकेट खेलकाे लागि २० लाख रुपैयाँ रकम छुट्टयाएर खेल समेत सम्पन्न गर्याे । तर एउटा गरिवलाई घाउ उपचार गराउन २ हजार रुपैयाँ मात्रै दियाे के नगरपालिकाकाे मानवता त्यहीँ हाे ? गरिव हुनु कुनै रहर हैन बाध्यता हाे । गरिव भएकै कारण टाउकाेमा घाउ र छाेरा छाेरीहरुकाे पालनपोषणका लागि बजारमा चन्दा सङक्लन गरेर भाैतारि रहेका छन ।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...