News Portal

ओली सरकार : यी बदनाम व्यक्तिका पक्षमा

समाचार डेस्क
८६४ पटक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्त खारेज भएसँगै पदच्यूत भएको दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई पुनः प्राधिकरणको अध्यक्ष बनाउन एनसेल, स्मार्टसेल लगायतका मोवाइल सेवा प्रदायक कम्पनीहरू लागि परेको रहस्य खुलेको छ ।

खड्गप्रसाद ओली नेतृत्वको सरकारले असार २० गते शेरबहादुर देउवा सरकारले २०७४ भदौ १४ देखि फागुन २ सम्म गरेका सबै राजनीतिक नियुक्तिहरू बदर गर्ने निर्णय गरेको थियो । उक्त निर्णय गरे लगत्तै सर्वोच्च अदालत पुगेका झाले पछि निवेदन फिर्ता लिएका थिए ।

दूर सञ्चारको अध्यक्ष भएको बेलामा ६५ अर्व राजवश्व तिर्न आनाकानी गर्दै आएको एनसेललाई फाइदा पुग्ने गरी काम गरेका झालाई पुनः अध्यक्ष बनाउन एनसेल सक्रिय भएर लागेको छ । कानुनअनुसार झालाई पुनः नियुक्ति गर्न नमिल्ने भएपछि एनसेल ‘ब्याक’ भएको छ । देउवा नेतृत्वको सरकारले पनि झालाई पुनः दूर सञ्चारको अध्यक्ष बनाएको हुँदा उनलाई अहिले फेरि नियुक्ति गर्न मिल्दैन ।

यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका राजकिशोर यादवले झालाई दूर सञ्चारको अध्यक्ष बनाएका थिए । झालाई फेरि पनि अध्यक्ष बनाउने हो भने सार्वजनिक रुपमा सूचना जारी गरेर प्रतिस्पर्धाबाट लैजानु पर्ने हुन्छ ।

यो प्रक्रिया झन्झटिलो भएपछि विना प्रतिस्पर्धा झालाई कसरी अध्यक्ष बनाउन सकिन्छ भनेर एनसले र स्मार्टसेलले भित्रभित्रै चलखेल सुरु गरेका छन् । चलखेलका कारण प्राधिकरणमो अध्यक्षको पद लामो समयसम्म खालि हुने आशंका पैदा भएको छ । यदि यस्तो भएको खण्डमा प्राधिकरणका समान्य काममा समेत अप्ठेरो पर्ने देखिन्छ ।

बुधबार राति अबेर सकिएको मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्तिहरू बदर गर्ने निर्णय गरेको थियो । रिपब्लिकदैनिक

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...