News Portal

सुर्खेतमा एम्बुलेन्सको नयाँ भाडादर कायम, उपत्यकाभन्दा बाहिर प्रति किलोमिटर ४० रुपैयाँ

हिमाली संचार संवाददाता
७७४ पटक

सुर्खेत – सुर्खेतमा सञ्चालित एम्बुलेन्सहरूको नयाँ भाडादर तय गरिएको छ। जिल्लामा एम्बुलेन्स सञ्चालन गर्दै आएका एम्बुलेन्सहरू सञ्चालनकर्ताहरूले नयाँ भाडादर तय गरेका हुन्। अब वीरेन्द्रनगर उपत्यकाभित्र ‘ग’ वर्गको लागि आउने र जाने गरेर ४०० तथा ‘ख’ वर्गको सेवाका लागि ८०० भाडा कायम गरिएको छ।

सुर्खेतमा वीरेन्द्रनगर उपत्यकाभन्दा बाहिरको हकमा भने प्रति किलोमिटर ४० रुपैयाँका दरले एम्बुलेन्सहरूले भाडा लिने संयुक्त एम्बुलेन्स चालक संघ नेपाल शाखा कार्यालय सुर्खेतका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिए।

यस्तै, सुर्खेतको छिन्चुदेखि जाजरकोटसम्मको मार्गमा भने न्यूनतम भाडादर ५ हजार ५०० रुपैयाँदेखि अधिकतम ११ हजार रुपैयाँ तोकिएको छ।

कर्णाली राजमार्गमा सुर्खेतको बड्डिचौरदेखि वीरेन्द्रनगरसम्मको लागि २ हजार ३०० रुपैयाँ भाडा तोकिएको छ भने सुर्खेतदेखि कालीकोटसम्मका लागि १४ हजार रुपैयाँ तोकिएको छ। बड्डीचौरदेखि पश्चिमतर्फका जिल्लाभित्रका क्षेत्रहरूका लागि भने भाडादर ५ हजार ५०० तय गरिएको छ। सुर्खेतको पश्चिममा पर्ने गुटु बजारदेखि वीरेन्द्रनगरसम्मको एम्बुलेन्स भाडा ७ हजार तोकिएको छ। धुलियाबिटदेखि धुलाबारीसम्मका लागि न्यूनतम एक हजारदेखि भेडाबारीसम्मको ५ हजार ७०० रुपैयाँ तय गरिएको छ।

त्यसैगरी, रत्नराजमार्गतर्फ वीरेन्द्रनगरदेखि कोहलपुरसम्मको एम्बुलेन्स भाडा ५ हजार तोकिएको छ भने भारतको लखनउसम्मका लागि १५ हजार रुपैयाँ तोकिएको अध्यक्ष नेपालीले जानकारी दिए।

सुर्खेत–दैलेख सडकखण्डमा न्यूनतम १ हजार २ सयदेखि अधिकतम ६ हजारसम्म कायम गरिएको छ। अध्यक्ष नेपालीका अनुसार वीरेन्द्रनगरदेखि नारायणगढसम्मको लागि २५ हजार रुपैयाँ तथा काठमाडौं र पोखराका लागि ३० हजार रुपैयाँ भाडा कायम गरिएको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...