News Portal

  • जिमेल एपमा नयाँ फिचर, सवालजवाफ पढ्न सजिलो हुने

    ६५० पटक

    एजेन्सी –विश्वका करोडौँ मानिसहरु इमेल आदानप्रदानका लागि जिमेलको प्रयोग गर्दछन् । व्यक्तिगत प्रयोगकर्ता मात्र नभई ठूला ठूला कम्पनीहरुले पनि जिमेललाई आधिकारिक इमेलको रुपमा प्रयोग गर्ने गरेका छन् ।

    जिमेलमा इमेल आदानप्रदान हुँदा र सवाल जवाफ हुँदै जाँदा एउटा लामो थ्रेड बन्दछ । यसलाई कन्भर्सेसन भ्यू फिचर भनिन्छ । यसरी एउटै विषयवस्तुमा भएका सवाल जवाफका इमेलहरु एउटै शिरामा जोडिँदै जान्छन् । कुनै विषयवस्तुमा लामो इमेल सवालजवाफ भएको र धेरै व्यक्तिहरुले सहभागिता जनाएको अवस्थामा एउटै थ्रेडमा गाँसिने ती इमेल संवादहरु लाई इनबक्समा स्क्रल गरेर कुनै निश्चित इमेल संवाद खोज्नका लागि कहिलेकाहीँ निकै कठीन हुन्छ । अझ मोबाइलमा एपबाट जिमेल चलाइरहेको अवस्थामा यो अप्ठेरो झनै बढ्दछ ।

    यहीँ अप्ठेरोलाई समाधान गर्नका लागि गुगलले यस्ता इमेल थ्रेडलाई टुक्राउने फिचर सुरु गरेको छ । अब एन्ड्रोइड तथा आइओएसका जिमेल प्रयोगकर्ताले जिमेलको Conversation फिचरलाई निस्क्रिय पार्न सक्नेछन् । इमेल थ्रेड्सलाई डिसेबल गरी हरेक इमेललाई छुट्टाछुट्टै रुपमा इनबक्समा उतार्ने यो फिचरलाई गुगलले मोबाइल प्रयोगकर्ताका लागि समेत उपलब्ध गराएको छ ।

    वेब भर्सनको सेटिंग्स मेनूमा पहिले देखि नै उपलब्ध रहेको कन्भर्सेसन फिचरलाई टर्न अफ गर्ने यो सुविधालाई प्रयोगर्ताले एन्ड्रोइड तथा आइओएस जिमेल एपमा पनि प्रयोग गर्न सक्नेछन् ।

    गुगलका अनुसार वेब सेटिंग्सलाई नै एन्ड्रोइड र आइओएसमा आबद्ध गरिएको छ । यदि तपाइँ वेबमा conversation view लाई टर्न अफ गर्नुभयो भने जिमेलको एन्ड्रोइड तथा आइओएस एपमा पनि यो निस्क्रिय हुनेछ ।

    कन्भर्सेसन फिचर बन्द भएसँगै प्रयोगकर्ताको इमेल थ्रेडमा आउने इमेलहरु इनबक्समा अलग आइकनका साथ देखिनेछन् । यस्ता इमेलहरु वाँणजस्तो आइकनका साथ देखा पर्दछन् ।

    गुगलका अनुसार एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताका लागि चरणबद्ध रुपमा यो फिचर उपलब्ध गराइँदैछ । आगामी १५ दिनभित्रमा सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने गुगलले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २० गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतको अमान एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा भाग्यशाली विजेतालाई १ लाख बम्पर पुरस्कार !

    कमल सिंह ठकुरी कुवेत। कुवेतको बहुप्रतिठित करेन्सी एक्सचेन्ज कम्पनी अमान एक्सचेन्जबाट नेपालको सिटी एक्सप्रेस मनी...

    हाम्रो पात्रोले सुरु गर्‍यो दर्ता प्रक्रिया, मेटालाई पठाइयो आवश्यक विवरण

    काठमाडौं, भदौ १९ – नेपालमा दर्ता नभएका कारण सरकारले निष्क्रिय सूचीमा राखेका एप्समध्ये ‘हाम्रो पात्रो’...

    फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं, १९ भदौ – सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध...

    शान्त छिमेकका लागि प्रहरीको सिफारिस: सिट्ठी र फ्लस गर्दा आवाज कम गर्नुहोस्

    काठमाडौँ, भदौ १९ – काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले आम नागरिकसँग विशेष अनुरोध...