News Portal

जिमेल एपमा नयाँ फिचर, सवालजवाफ पढ्न सजिलो हुने

७५९ पटक

एजेन्सी –विश्वका करोडौँ मानिसहरु इमेल आदानप्रदानका लागि जिमेलको प्रयोग गर्दछन् । व्यक्तिगत प्रयोगकर्ता मात्र नभई ठूला ठूला कम्पनीहरुले पनि जिमेललाई आधिकारिक इमेलको रुपमा प्रयोग गर्ने गरेका छन् ।

जिमेलमा इमेल आदानप्रदान हुँदा र सवाल जवाफ हुँदै जाँदा एउटा लामो थ्रेड बन्दछ । यसलाई कन्भर्सेसन भ्यू फिचर भनिन्छ । यसरी एउटै विषयवस्तुमा भएका सवाल जवाफका इमेलहरु एउटै शिरामा जोडिँदै जान्छन् । कुनै विषयवस्तुमा लामो इमेल सवालजवाफ भएको र धेरै व्यक्तिहरुले सहभागिता जनाएको अवस्थामा एउटै थ्रेडमा गाँसिने ती इमेल संवादहरु लाई इनबक्समा स्क्रल गरेर कुनै निश्चित इमेल संवाद खोज्नका लागि कहिलेकाहीँ निकै कठीन हुन्छ । अझ मोबाइलमा एपबाट जिमेल चलाइरहेको अवस्थामा यो अप्ठेरो झनै बढ्दछ ।

यहीँ अप्ठेरोलाई समाधान गर्नका लागि गुगलले यस्ता इमेल थ्रेडलाई टुक्राउने फिचर सुरु गरेको छ । अब एन्ड्रोइड तथा आइओएसका जिमेल प्रयोगकर्ताले जिमेलको Conversation फिचरलाई निस्क्रिय पार्न सक्नेछन् । इमेल थ्रेड्सलाई डिसेबल गरी हरेक इमेललाई छुट्टाछुट्टै रुपमा इनबक्समा उतार्ने यो फिचरलाई गुगलले मोबाइल प्रयोगकर्ताका लागि समेत उपलब्ध गराएको छ ।

वेब भर्सनको सेटिंग्स मेनूमा पहिले देखि नै उपलब्ध रहेको कन्भर्सेसन फिचरलाई टर्न अफ गर्ने यो सुविधालाई प्रयोगर्ताले एन्ड्रोइड तथा आइओएस जिमेल एपमा पनि प्रयोग गर्न सक्नेछन् ।

गुगलका अनुसार वेब सेटिंग्सलाई नै एन्ड्रोइड र आइओएसमा आबद्ध गरिएको छ । यदि तपाइँ वेबमा conversation view लाई टर्न अफ गर्नुभयो भने जिमेलको एन्ड्रोइड तथा आइओएस एपमा पनि यो निस्क्रिय हुनेछ ।

कन्भर्सेसन फिचर बन्द भएसँगै प्रयोगकर्ताको इमेल थ्रेडमा आउने इमेलहरु इनबक्समा अलग आइकनका साथ देखिनेछन् । यस्ता इमेलहरु वाँणजस्तो आइकनका साथ देखा पर्दछन् ।

गुगलका अनुसार एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताका लागि चरणबद्ध रुपमा यो फिचर उपलब्ध गराइँदैछ । आगामी १५ दिनभित्रमा सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने गुगलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...