News Portal

जनकपुर-जयनगर ब्रोडगेज रेलमार्गको परीक्षण शुरु

हिमाली संचार संवाददाता
६०१ पटक

२४ साउन, काठमाडौं । जनकपुर-जयनगर ब्रोडगेज रेलमागको परीक्षण सुरु भएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको छ ।

अब बाँकी खण्डमा पनि कम्पनीले थप परीक्षण गर्ने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए । सरकारले करिब डेढ वर्षसम्म रेल भाडामा लिएर चलाउने मोडालिटी टुंग्याएको छ । आगामी डिसेम्बरदेखि जनकपुर-जयनगर रेल चनाउने तयारी भएको छ ।

ब्रोडगेज लिक बिछ्याउने काम लगभग सकिएपछि परीक्षण सुरु भएको हो । यो रेलमार्गमा भाडामा रेलगाडी ल्याएर कन्ट्रयाक्टमा चलाउन दिन तयारी अघि बढाइएको छ । यसका लागि भारतीय रेल्वेसँग सहयोग मागेका छौं । बिडिङ डकुमेन्टको मस्यौदा उसले दिएपछि हामी अघि बढ्छौं,’ उपाध्यायले भने ।

रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई डेढ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको गर्न लागेको हो । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि आउटसोर्सिङ गर्न लागिएको उपाध्यायले बताए ।

‘हामीसँग रेल चलाउने अनुभवी मान्छे पनि छैनन् । मर्मतका लागि प्राविधिक पनि छैनन् । स्टेशन म्यानेजरदेखि कुनैपनि जनशक्ति पनि रेल्वेमा अनुभव हासिल गरेका छैनन्,’ विभागका एक अधिकारीले भने, ‘यो अवस्थामा हामी आफैं रेल चलाउन सक्दैनौं । त्यसैले डेढ वर्ष बाहिरका कम्पनीलाई व्यवस्थापनको जिम्मा दिँदैछौं ।’

आउटसोर्सिङ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राख्न लागिएको छ । भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ ।

हालै कुर्ता-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ । यो विस्तारको काम सन् २०१४ बाट यसको सुरुवात भएको थियो, यसैकारण जनकपुर-जयनगर रेल सेवा विगत ४ वर्षदेखि बन्द अवस्थामा छ ।

३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ । कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ । यो रेलमार्गलाई २ वर्षभित्र बर्दिवासमा पूर्वपचिश्म रेलमार्गसँग जोड्ने योजना छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...