यसपालीको तीजमा मोडल शशिकला राई यसरी नाचिन मायालुसंग छमछमी (भिडियो सहित)
काठमाडौ – गोरेटो इन्टरटेन्मेट्को प्रस्तुतिमा डिल्ली काफलेको तिजको कोशेली “मायासंग छमछमी” को म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको हो । डिल्ली काफले, बिन्दु विहानी र सुनिता बाइजुको स्वरमा रहेको नयाँ तिजको गीत “मायासंग छमछमी” सार्वजनिक गरीएको हो ।
गोपाल थापाद्वारा निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई बासु बरालले क्यामेरामा कैद गरेका हुन। प्रकाश एसकेले सम्पादनको जिम्मेवारी पाएको गीतको भिडियोलाई बुद्ध सुब्बा म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको हो।
उक्त गीतको भिडियोमा पछिल्लो समय ब्यस्त मोडलको रुपमा चिनिएकी चर्चित मोडल शशिकला राइको आकर्षक नृत्य तथा अभिनय देख्न पाईन्छ भने उनलाई देवराज काफ्ले, र टवींकल केसी लगायतले अभिनयमा साथ दिएका छन।
हेर्नुहोस उक्त गीतको पुरा भिडियो।

















