News Portal

  • पथरीमा एक महिलाको रहस्यमय मृत्यू दोसी को ? (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ३८९ पटक

    गोपाल काफ्ले/पथरी : मोरङको पथरी बजारमा एक महिलाको मृत्यू भएको छ । घटनाको प्रबिधी हेर्दा अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेका देखिन्छ । पथरीमा बजारमा बिगत ९÷१० बर्ष देखि डेरा बसेर कस्मेटिक पसल चलाउदै आएकी बस्नेतको शनिवार बिहान नग्न शरिर मृत्यू अवस्थामा मर्निङ वाक गर्नेहरुले देखि प्रहरीलाई खवर गरेका थिए ।

    उनी अघिल्लो दिन पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । रुपा १३ बर्षीय छोरा साइमन संग डेरामा बस्दै आइकी थिन । आमा र छोरा रातको १२ बजे सम्म मोवाईल चलाउदै बसेको छोरा साइमन बस्नेत बताउछन ।

    मृतक बस्नेतको शव नग्न अवस्थामा घोप्टो परेको र शवमा रगत पनि बगेको अवस्थामा थियो । तर, मृतकको कपडा भने उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । ‘कपडा आफैले खोलेर कोठामा नै राखेको देखिन्छ ।

    उनी हिजो पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । यद्यपी, पोष्टमार्टमबाट धेरै कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले सबै कोणबाट अनुसन्धान थालिएको उनले बताए । ‘आफ्नै डेरा भएको घरअघि मृत भेटिएको हो । चोट देखिएको अवस्था छ,’एसपी केसीले भने,‘शवलाई पोष्टमार्टम गर्न धरान पठाएका छौ, पोष्टमार्टमबाट धेरै कुरा खुल्छ ।’ केसीले जानकारी दिएका छन ।

    मृतकको कोठा तेस्रो तलामा छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा दुवई गएका छन् । शुक्रबार फोनमा आतिदै गफ गरेको र बेलुकी हल्का मापसे गरेको छोराले बताएका छन । तर पनि घटनालाई सबै ढंगबाट सुक्ष्मरुपमा अनुसन्धान हुनुपर्ने आत्मा हत्या नभएर हत्या भएको आफ्न्तले दाबि छ ।

    पथरीशनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यलय पथरी, सुरक्ष बेस क्याम र सस्त्र प्रहरी क्याम जस्ता राज्यको ३ ओटा सुरक्षा निकाय रहेको छ । गएको दुई महिनालाई हेर्ने हो भने एक पछि अर्को गर्दै ४ ओटा सृखलाबद्ध रहस्यमय शव फेला फेला परेको छ । यस्ता घटनाले गर्दा आम पथरी बासी त्रासीत भएका छन । फागुन १६ गते पथरीकै एक सिक्का बार बाट सोहि प्रकारको एक युवकको हत्या भएको थियो ।

    ५ तला माथि रहेको बारमा रमाईलो गर्न गएका युवाको बारको तल घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । पथरी कानेपोखरी सडक नजिकैको जंगलमा २ महिलाको रहस्यमय मृत्यू भएको थियो । २ महिनामा ४ ओटा सहस्यमय मृत्यू भैस्दा पनि नगर प्रहरी प्रसासनबाट शान्त्ती सुरक्षाको विषयमा केहि सजक नभएर्को स्थानीय र ब्यापारी बताउछन ।

    यता बैशाख ७ गते रिना बस्नेतको अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेको प्रति पथरी उद्योग बाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएको छ । उस्ले विज्ञप्ती जारी गर्दै रहस्मय घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्कालै कानुनी दायरा ल्याएर कारबाही गर्न माग गरेको छ ।

    जति अपराधिक घटनाहरु पथरीशनिश्चरे वडा नं. १ मा र उक्त क्षेत्रलाई लक्षित गरि घटाईने भएकाले सो क्षेत्रमा प्रहरी प्रसासन र स्थानीय निकायको तालमेल नभएकाले यस्ता घटना घटेको वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेन बताउछन । शव पोष्टमार्टमका लागी धरान स्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले लगि सकेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...

    काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा रेस लामा पक्राउ

    काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई...