News Portal

ईलाका प्रसाशन कार्यलयकाे मुख्य गेटमा भारतीय माेटरसाईकल छ्यापछ्यापी (भिडियो सहित)

हिमाली संचार संवाददाता
५६१ पटक
रबिन्द्र बराल, मोरङ

वैशाख ५, विहिवार : जन्मको आधारमा नागरिता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिक्ता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिक्ता लिनेको संख्यामा उल्लेखनिय वृद्धि भएको छ । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन बाटो खुला गरेपछि सिमाबर्ति क्षेत्रमा रहेको ईलाका प्रसाशन कार्यलय रंगेलीकाे मुख्य गेटमा अहिले दैनिकी ५ देखि १० वटा भारतीय नम्बर प्लेटका माेटरसाईकलहरु देखा पर्ने थालेका छन ।

मोरङमा आज विहिवारसम्म सातसय भन्दा वढिलाई त्यस प्रकार वंशजको नागरिक्ता वितरण गरेको र नागरिक्ता वनाउन आउनेहरुलाई थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रसासन कार्यालय मोरङले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले इलाका प्रसासन कार्यालय रंगेली, इलाका प्रसासन कार्यालय उर्लावारी तथा जिल्ला प्रसासन कार्यालयवाट नागरिता वितरण भई रहेको वताउनुभयो ।

मन्त्रीपरिषदको निर्णय अनुुसार मोरङमा चैत २० गते देखी त्यस प्रकारको नागरिकता वितरण शुुरु भएको हो । त्यसपछि अदालतको आदेश अनुसार चैत २६ गतेदेखी वैशाख ३ गतेसम्म नागरिता वितरण रोकिएकोमा अदालतको निर्णय पछि वैशाख ४ गतेदेखी नागरिता वितरण फेरी शुरु भएको हो।

कार्यालयवाट सरदर दैनिक २ सय जनाले त्यसप्रकारको नागरिता लिने गरेका छन। नागरिता लिनेको संख्या उल्लेखनिय रुपमा वढेपछि कर्मचारीको संख्या ढाएर फर्म भरेको केहि घन्टामै नागरिक्ता उपलव्ध गराउदै आएको सहायक प्रजिअ ओलीको भनाई छ ।

कार्यालयवाट यस अघि वैवाहिक र वंशजका देनिक ६० देखी ६५ वटा नागरिकता वितरण हुुदै आएको थियो । पाचवर्ष पछि यस्तो प्रकारको नागरिक्ता दिन वाटो खुुलेपछि जिल्ला प्रसासन कार्यालयमा नागरिक्ता लिन आउनेको शख्यमा वृद्धि भएको हो ।

यस्तो नागरिकता पाउनकालागी आमा र वावुुको नेपाली नागरिक्ताको प्रमाणपत्र अनिवार्य हुुनुुपर्छ ।
२०६४ साल संविधानसभाको निर्वाचन अघि खटिएको नागरिक्ता टोलिवाट देशभर १ लाख ७० हजार ४२ जनाले जन्मको आाधारमा नागरिक्ता पाएका थिए । ती नागरिकका सन्तान वालिग भएपनि लामोसमय नेपाली नागरिता पाउनवाट वन्चित थिए ।

रंगेलीले अहिलेसम्म १ सय ६० वटा नागरिकता बितरण समेत गरिसकेको र १५ गतेसम्मका लागि दैनिकी ५० वटाका दरले टाेकन समेत बितरण गरिसकेको र १६ गतेदेखि पुनः अर्को टाेकन बितरण गरिने ईलाका प्रसाशन कार्यलय रंगेलीका प्रमुख जयप्रकाश बस्नेतले बताए ।

भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...