News Portal

दिल्ली-काठमाडौं बसमा भन्सार छलीका सामान सहित तीन जना पक्राउ

हिमाली संचार संवाददाता
५३९ पटक

दिल्ली -बस सेवाअन्तर्गत सञ्चालित बसमा भन्सार छलीका सामान ओसारपसार बढेको छ । प्रहरीले शुक्रबार मात्रै काठमाडौंको चमतीबाट भन्सार छलेर ल्याइएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका सामानसहित काठमाडौं–दिल्ली सेवाको बस नियन्त्रणमा लिएको छ ।

गाडीको छतमा फल्सबटम बनाएर सामान ल्याएको आरोपमा चालक विष्णुकुमार विश्वकर्मा, कलंकी बस्ने दीपा राना र भरत तामाङ पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार महानगरीय प्रहरी वृत्त बालाजुले ना५ख ४८४२ नम्बरको बस नियन्त्रणमा लिएपछि चालक विश्वकर्मा प्रहरीलाई घूस खुवाएर उम्किन खोजेका थिए।

विश्वकर्माले बस प्रहरीले नियन्त्रणमा लिएको सूचना दिएपछि कलंकी बस्ने दीपा राना र भरत तामाङ तीन लाख रुपैयाँ नगद लिएर प्रहरी कार्यालय पुगेको प्रहरी परिसर काठमाडौंका एसपी वसन्त लामाले बताए।

सामान छाडिदिन आग्रह गर्दै उनीहरूले तीन लाख रुपैयाँ तत्कालै र कुरा मिलाए २१ लाख रुपैयाँसम्म दिने बताएको उनले जनाए। प्रहरीले घूस दिन ल्याएको ३ लाख तथा उनीहरूको साथमा रहेको शंकास्पद साढे दस लाख रुपैयाँसहित तीनै जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ६ सय ६० थान कुर्ता, २ हजार २ सय ९५ थान टप्स, २ सय ३४ थान पाइन्ट, ८ सय २९ थान सलसहितका कपडा बरामद भएको छ।

सलगत्तै प्रहरीले २०७४ चैत २८ गते दिल्लीबाट काठमाडौं आउँदै गरेको बा५ख १२३५ नम्बरको बसमा भन्सार छलेर ल्याइएको १ सय १२ थान मोबाइल बरामद गर्‍यो। महानगरीय प्रहरी वृत्त कालीमाटीले उक्त बसका चालक कृष्ण थापामगर र हरिबहादुर श्रेष्ठसहित सहयोगी भुवनबहादुर भुजेललाई पनि नियन्त्रणमा लियो।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...