News Portal

हत्कडीको के कुरा, जनताको अधिकारका लागि बलिदान दिन तयार छौं : प्रवक्ता प्रकाण्ड

हिमाली संचार संवाददाता
१०४९ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरु देशको रक्षा र जनताको अधिकारको लागि बलिदान दिन तयार रहेको बताएका छन् ।

मंगलबार साँझ साढे ७ बजे चोभारबाट गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डले अदालत परिसरमा बाक्लो मात्रामा उपस्थित भएका संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै राष्ट्रिय स्वाधीनता र जनताको अधिकार प्राप्तिका लागि आफू बलिदानी भावसाथ एकीकृत जनक्रान्तिको यात्रामा रहेकोले हत्कडी लगाउनु ठूलो कुरा नभएको बताए ।

नेकपाले उठाएको राष्ट्रिय स्वाधीनता र जनताको राज्य व्यवस्थाको एजेण्डाप्रति बढ्दो जनलहर देखेर आत्तिएको ‘कम्युनिस्ट सरकार’ले क्रान्तिकारी कम्युनिस्ट र तिनका नेताहरुलाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाए । बुधबार दिउँसो साढे ३ बजे अनुसन्धानका लागि भन्दै म्याद थप गर्न बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने क्रममा परिसरमा पुगेका संचारकर्मीहरुसँग प्रकाण्डले सो प्रतिक्रिया दिए ।

आफूसहित तीनलाई अपराधीलाई झैं व्यवहार गरेर प्रहरीले गिरफ्तार गरेको र पछि आँखामा कालो पट्टी बाँधेर र हत्काडी लगाएर रातभर मानसिक र शारीरिक यातना दिएको जानकारी दिए । प्रहरी प्रशासनको व्यवहारबाट ‘लोकतान्त्रिक सरकार’मा मानवअधिकार मेटिसकेको अनुभूत भएको पनि बताए । प्रकाण्डसँगै स्टाफ हरिचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ ।

आचार्य र श्रेष्ठलाई रातभर पाइप र बुटले पिटेको बताए । पिटाईबाट आचार्य बिरामी परेका छन् । सरकारले दमनले नेपाली जनताको परिवर्तन र क्रान्तिमा कुनै फरक नपर्ने र बरु प्रतिरोध बढेर जाने भनाई प्रकाण्डको छ । देशभक्त नागिरकसँग अब सरकारी दमनको प्रतिवाद गर्नुको विकल्प नरहेको प्रस्ट पारे । गाह्रोसाह्रो कस्तो छ भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता प्रकाण्डले ‘अावश्यक परेमा देश र जनताका निम्ति बलिदान दिनुपरे नि तयार छु’ प्रतिक्रिया दिए ।

उनले वर्तमान राजनीतिक प्रक्रिया र संविधानप्रति नेकपा असहमत रहेको र वैचारिक प्रतिस्पर्धा गरिरहेको कुरा स्पष्टसँग राखे । साथै २००७ सालदेखि ०६२-६३ सालसम्म नेपाली जनता आफ्नो राज्यव्यवस्था र राजनीतिक अधिकारका लागि संघर्ष गर्दै आइरहेको र त्यो सीमित दलालहरुका कारण उल्टो दिशामा पुगेकोले आफूहरुले अधुरा क्रान्ति पूरा गर्ने अभिभारा बोकेर राजनीति गरिरहेको बताए ।

‘हामीले भ्रष्टाचारी, माफिया, घुसखोर, तस्कर, गुण्डाविरुद्ध र राष्ट्रियताको पक्षमा संघर्ष गरेको देख्न नसकेर सरकारले हाम्रो हातमा हाल्ने काम गरेको छ, यो कुरा फैला अब नेपाली जनताले गर्नेछन्’ प्रकाण्डले भने । उनलले भने ‘देश र जनताको सच्चा एजेण्डा बोक्ने पार्टी भनेको नेकपा मात्र हो भन्ने कुरा जनताले राम्ररी बुझेका छन् ।’

जनताको अधिकार र स्वाधीनताबारे संघर्ष गरिरहेकै कारण सरकारले नेकपाका नेता कार्यकर्तालाई दमन, झुठा मुद्दा र हत्कडी लगाउने काम गरेको उनको भनाई थियो । आजै तीनै जनालाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको छ । हत्कडीसहित अदालतमा उपस्थित भएको प्रकाण्डलाई दर्जनौं संचारकर्मीले घेरेर प्रश्न गरेका थिए । अनलाइनडबली

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...