News Portal

मोदि नेपाल आउने भएपछी बानेश्वरको सडकका खाल्डाखुल्डी धमाधम पुरिदै (फोटो फिचर)

हिमाली संचार संवाददाता
१४०२ पटक

शंकर गिरी
काठमाडौं – आजभोलि सडक विभागका इन्जिनियर र प्राविधिकहरुलाई एकछिन पनि हात बाँधेर बस्न छुट छैन । चक्रपथभित्र जता घाम लाग्यो भन्ने सूचना आउँछ, त्यतै रोडा र अलकत्रा बोकेर सडकको खाल्डा टाल्न पुगिहाल्नुपर्छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलन काठमाडौंमा हुने भएपछि ‘सडकमा एउटा पनि खाल्डा नराख्नू’ भन्ने सरकारको निर्देशन छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न ६ राष्ट्रका सरकार र राष्ट्र प्रमुख आउने भएपछि काठमाडौंका सडकलाई चिटिक्क पारेर राख्न कुनै कसर बाँकी नछोड्न भन्दै सरकारले विभागलाई घच्घचाइरहेको छ ।

त्यसैले वर्षामै भए पनि सडक विभागका अधिकारीहरु निकै सक्रिय छन्, नभई सुख पनि छैन । अन्य समयमा धान रोप्ने खेतजस्तो बन्ने गरी पानी जम्दा पनि वास्ता नगर्ने सरकारले बेमिस्टेककै लागि भए पनि मुख्य सडकहरु सुधार गर्दा स्थानीय, सवारी चालक र यात्रुलाई सहज भएको छ ।

मंगलबार बानेश्वर चोकमा केहीबेर सवारी आवागमन नै रोकेर खाल्डा पुरियो । त्यतिबेला जाममा फसेका यात्रुले सरकारलाई ब्यंग्य कस्न भ्याए । विभागका प्राविधिकले साना-साना खाल्डा पनि खोज्दै पुरेको देखेपछि केही यात्रुले सँधै यसैगरी काम गर्न सुझाव दिए ।

स्थानीय ब्यापारीहरुले पनि विदेशी पाहुना आउने भएपछि गरिने यस्तो ‘शुभ काम’ सँधैभरि गर्ने सद्बुद्धि सरकारलाई प्राप्त भइदिए हुन्थ्यो भन्ने कामना व्यक्त गरे ।

जामका फसेका एक मोटरसाइकल चालकले ठूलै विभागका स्वरमा भने,’यहाँको भ्वाङ टालियो, ठीक भयो, बौद्धको सडकमा जमेको पानीपोखरी पनि देख्नुभा’छ ?’उनको भनाइमा सबैले हाँसेर धेरैले सहमति जनाए ।

(फोटो फिचर)

तस्वीर : अनलाइनखबर

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...