News Portal

वायुसेवा निगमको लापरवाहीले वाइड बडी विमान दिल्लीमै रोकियो

हिमाली संचार संवाददाता
८८० पटक

सन्जिब कुमार राई/काठमाडौं – नियमित उडान सुरु गरेको केही दिनमै नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।

निगमको विमान यसअघि प्राविधिक समस्या आएर बेलाबेलामा उडान अवरुद्ध हुने गथ्र्यो । तर यसपटक भने नयाँ विमानको पनि उडान अवरुद्ध भयो । विमानलाई ट्रान्जिट गर्ने इन्जिनियर नभएपछि विमान दिल्लीमै रोकिएको नेपाल एयरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो इन्जिनियर पुग्दैछन् । उनले चेकजाँच गरेपछि विमान उड्छ,’ श्रेष्ठले भने । तर, उनले भनेजस्तो इन्जिनियर दिल्लीमै भएर पनि विमानस्थलमा नपुगेका होइनन् ।

विमान उडाउन दिल्लीको विमानस्थलले इन्जिनयरबाट ‘क्लियरेन्स’ माग गरेको थियो । तर, ट्रान्जिट गर्ने इन्जिनियर विमानमा थिएनन् । त्यसैकारण सुरक्षाको कारण देखाउँदै विमानलाई दिल्लीमै रोकिएको छ ।

विमान रोकिँदा यात्रु अलपत्र परेका छन् । निगम स्रोतकाअनुसार साँझ थाइल्याण्डको बैंककबाट आउने बोइङ ७५७ विमानका इन्जिनियर दिल्ली पुगेपछि मात्रै रोकिएको वाइड बडी काठमाडौंतर्फ उड्नेछ ।

व्यवस्थापनको कमजोरीका कारण सास्ती भोग्नुपरेको भन्दै यात्रुले आक्रोश पोखेका छन् । विहान पनि यो वाइडबडी दिल्ली उड्न ढिला भएको थियो ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...