News Portal

वायुसेवा निगमको लापरवाहीले वाइड बडी विमान दिल्लीमै रोकियो

हिमाली संचार संवाददाता
९४२ पटक

सन्जिब कुमार राई/काठमाडौं – नियमित उडान सुरु गरेको केही दिनमै नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।

निगमको विमान यसअघि प्राविधिक समस्या आएर बेलाबेलामा उडान अवरुद्ध हुने गथ्र्यो । तर यसपटक भने नयाँ विमानको पनि उडान अवरुद्ध भयो । विमानलाई ट्रान्जिट गर्ने इन्जिनियर नभएपछि विमान दिल्लीमै रोकिएको नेपाल एयरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो इन्जिनियर पुग्दैछन् । उनले चेकजाँच गरेपछि विमान उड्छ,’ श्रेष्ठले भने । तर, उनले भनेजस्तो इन्जिनियर दिल्लीमै भएर पनि विमानस्थलमा नपुगेका होइनन् ।

विमान उडाउन दिल्लीको विमानस्थलले इन्जिनयरबाट ‘क्लियरेन्स’ माग गरेको थियो । तर, ट्रान्जिट गर्ने इन्जिनियर विमानमा थिएनन् । त्यसैकारण सुरक्षाको कारण देखाउँदै विमानलाई दिल्लीमै रोकिएको छ ।

विमान रोकिँदा यात्रु अलपत्र परेका छन् । निगम स्रोतकाअनुसार साँझ थाइल्याण्डको बैंककबाट आउने बोइङ ७५७ विमानका इन्जिनियर दिल्ली पुगेपछि मात्रै रोकिएको वाइड बडी काठमाडौंतर्फ उड्नेछ ।

व्यवस्थापनको कमजोरीका कारण सास्ती भोग्नुपरेको भन्दै यात्रुले आक्रोश पोखेका छन् । विहान पनि यो वाइडबडी दिल्ली उड्न ढिला भएको थियो ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...