News Portal

वैदेशिक रोजगारिमा गएर अकालमा ज्यान गुमाएका नेपालीको कथामा “जालमा फसायौ” सार्बजनिक

हिमाली संचार संवाददाता
७५६ पटक

काठमाडौं, २१ चैत्र : धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जिवन गुमाउनेहरुको कथालाई लिएर एक निकै मनछुने नेपाली लोक दोहोरी गीत “जालमा फसायौ” आएको छ । पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ ।

लोक दोहोरी मार्फत धन कमाउने सपना बोकि वैदेशिक रोजगारिमा गएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता र त्यसबाट परिवारमा पर्ने चोटलाई यस गीतमा प्रस्तुत गरिएको छ । शब्द तथा संगीत प्रभावन जे को रहेको गीतमा संगीत संयोजन भुवन प्रकाश बडुले गरेका छन् । बिग एचडि परिवेष रेर्कडिङ स्टुडियोमा गीत रेर्कड गरिएको हो ।

नारायण दंगाल र स्वंम गायीका पार्वती कार्किको अभिनय रहेको “जालमा फसायौ” बलको गीतको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन स्वंयम प्रभावन जे ले गरेका छन् भने कला निर्देशन राजाराम गौतमको रहेको छ । गीतको म्युजिक भिडियो छांयाकन रोनिश तामाङ, ग्राफर विषेश मर्हजनले गरेका छन् भने सम्पादन नविन भट्टको रहेको छ ।

जालमा फसायौको पहिलो भाग अहिले सार्वजनिक गरिएको हो भने जालमा फसायौ भाग–२ को पनि तयारी अन्तिम अवस्थामा पुगेको निर्देशक प्रभावन जे ले जानकारी दिए । गीतको म्युजिक भिडियो डि.ए.आर मुभिजको अफिसियल युट्युव च्यानलबाट आमदर्शक तथा श्रोता माझ प्रस्तुत गरिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...