News Portal

  • कुशल छेत्रीको’ तिमीलाई देखि भाछु के गर्ने, भान्जी बारीमा साग छ मामा के लाग्छ !

    हिमाली संचार संवाददाता
    ६२३ पटक

    चुर्ण पुन मगर/बर्दिया : कला साहित्य अनि संस्कृतिको संरक्षण र सम्बर्द्धन परापूर्वकाल देखि नितान्त चलिअाएको एक परम्परा हो । जसलाई बचाउन हाम्रो जिज्यु-बा, ब-राजु, हजुर-बा लगायत अहिलेका जल्दाबल्दा नवयुवा पनि त्यतिकै तल्लिन रहेर अघि बढ्नु भएको छ, यो निकै सराहनीय कार्य हो ।

    संस्कृतिको संरक्षण र सम्बर्द्धन गरेर अागन्तुक नयाँ पुस्तालाई जस्ताको तस्तै सुम्पनु तपाईं हाम्रो दायित्व पनि हो । यसले हामीलाई ठुलो धनलाभ नहोला, तर हामी आफ्नो काँधको जिम्मेवारीबाट पन्छिनु भने हुदैन । ती पुराना मौलिक लोक दोहोरी गीतहरुमा पाईने मिठो साँगीतिक स्वादलाई परिमार्जन र समायोजन गर्दै संगीत प्रेमि बाबू छेत्रीको शब्दमा “तिमीलाई देखि भा छु के गर्ने ? भन्ने गीति एल्बम बजारमा अाएको छ ।

    मङ्सिर अाएकै हो तर समय नअाए के गर्नु बिचरा गायिका भिमा लामिछाने निकै हतारमा देखिन्छ, सायद गायक भिम ज्वलन्त योगीले नै कतै धिला सुस्त गरेर अाज यो अवस्था देखिएको होकी भन्ने हजुर हाम्रो अाकलन छ । भनिन्छ नि मौकामा चौका हानिएन भने यस्तै हो अापत पर्न सक्छ समयमै सजग रहनुहोला ।

    अायुश छेत्री र अायुष्मा कार्कीको दमदार अभिनय रहेको यस गीतलाई कुशल छेत्रीको लय अनि प्रस्तुतिमा बजारमा ल्याइएको छ । नरेश चैसिरको छायाँकनमा मनोज कार्कीको सम्पादन र मौसम हिमालीको निर्देशनमा भिडियो निर्माण गरिएको छ ।

    गीतको पुरा भिडियो हेर्नुहोस् ।

    https://youtu.be/-y44VmdTFZI

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...