News Portal

गाउँपालिकामा आफन्तलाई जागिर खुवाएकोमा अध्यक्ष  र उपाध्यक्षसग स्थानीय आक्रोशित

हिमाली संचार संवाददाता
८९१ पटक

विराटनगर – गाउँपालिकालाई आफन्त भर्ती गर्ने केन्द्र बनाएको भन्दै कटहरीका अध्यक्ष  र उपाध्यक्ष आलोचित भएका छन् ।

गाँउपालिकाका प्रमुख रामकुमार कामतले आफ्नै छोरीलाई जागिर दिलाएको र उपप्रमुख मन्जिताकुमारी सरदारले आफ्ना भिनाजुलाई जागिर दिलाएपछि आलोचित बन्नु परेको हो ।

अध्यक्ष कामतले छोरी सरितालाई खरिदारमा जागिर दिलाएका छन् । सरिता प्रमुख कामतकी कान्छी छोरी हुन । उनलाई विनाप्रतिप्रस्र्धा खरिदारमा जागिर खुवाएको स्थानीयले बताएका छन् ।

उपप्रमुख सरदारले आफ्नै भिनाजु नारायण सरदारलाई कार्यालय सहायकका रुपमा जागिर दिलाएकी छन् । सोही गाउपालिका-६ का नारायण उपप्रमुख सरदारकी जेठी दिदीको श्रीमान हुन ।

कटहरी गाँउपालिकाका प्रमुख कामतले कार्यालयमा खरिदारको पलमा कर्मचारी आवश्य परेकाले सरितालाई नियुक्ति गरिएको बताए ।

‘मन्त्रीदेखि सांसदसम्मले त आफन्तहरु नियुक्ति गर्छन,’ उनले भने, ‘ मैले त कर्मचारी चाहिएकाले आवश्य प्रकृया पूरा गरी कर्मचारी नियुक्ति गरेको हो । कर्मचारी नियुक्ति गर्दा छोरी भएकाले मैले के बिगारे ?’

यता उपाध्यक्ष सरदारले नाताले आफनो भिनाजु भएपनि उनी अत्यान्तै आर्थिक स्थिति न्यून भएकालेे सबैजनाको सहमतिमा उलाई जागिर दिइएको बताइन् ।

कटहरी गाँउपालिकाले प्रयोजनका लागि गएको आवमा साढे २८ करोडको सवारी साधान खरिद गरेको बिषयपनि आलोचित बनेको थियो ।

गाँउपालिकाले एउटा स्कार्पियो,वडाध्यक्षका लागि सात वटा मोटरसाइकल र चारवटा थप मोटरसाइकल कर्मचारकिो लागि खरिद गरेको थियो ।
अनलाइनखबर

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...