News Portal

गाउँपालिकामा आफन्तलाई जागिर खुवाएकोमा अध्यक्ष  र उपाध्यक्षसग स्थानीय आक्रोशित

हिमाली संचार संवाददाता
७६१ पटक

विराटनगर – गाउँपालिकालाई आफन्त भर्ती गर्ने केन्द्र बनाएको भन्दै कटहरीका अध्यक्ष  र उपाध्यक्ष आलोचित भएका छन् ।

गाँउपालिकाका प्रमुख रामकुमार कामतले आफ्नै छोरीलाई जागिर दिलाएको र उपप्रमुख मन्जिताकुमारी सरदारले आफ्ना भिनाजुलाई जागिर दिलाएपछि आलोचित बन्नु परेको हो ।

अध्यक्ष कामतले छोरी सरितालाई खरिदारमा जागिर दिलाएका छन् । सरिता प्रमुख कामतकी कान्छी छोरी हुन । उनलाई विनाप्रतिप्रस्र्धा खरिदारमा जागिर खुवाएको स्थानीयले बताएका छन् ।

उपप्रमुख सरदारले आफ्नै भिनाजु नारायण सरदारलाई कार्यालय सहायकका रुपमा जागिर दिलाएकी छन् । सोही गाउपालिका-६ का नारायण उपप्रमुख सरदारकी जेठी दिदीको श्रीमान हुन ।

कटहरी गाँउपालिकाका प्रमुख कामतले कार्यालयमा खरिदारको पलमा कर्मचारी आवश्य परेकाले सरितालाई नियुक्ति गरिएको बताए ।

‘मन्त्रीदेखि सांसदसम्मले त आफन्तहरु नियुक्ति गर्छन,’ उनले भने, ‘ मैले त कर्मचारी चाहिएकाले आवश्य प्रकृया पूरा गरी कर्मचारी नियुक्ति गरेको हो । कर्मचारी नियुक्ति गर्दा छोरी भएकाले मैले के बिगारे ?’

यता उपाध्यक्ष सरदारले नाताले आफनो भिनाजु भएपनि उनी अत्यान्तै आर्थिक स्थिति न्यून भएकालेे सबैजनाको सहमतिमा उलाई जागिर दिइएको बताइन् ।

कटहरी गाँउपालिकाले प्रयोजनका लागि गएको आवमा साढे २८ करोडको सवारी साधान खरिद गरेको बिषयपनि आलोचित बनेको थियो ।

गाँउपालिकाले एउटा स्कार्पियो,वडाध्यक्षका लागि सात वटा मोटरसाइकल र चारवटा थप मोटरसाइकल कर्मचारकिो लागि खरिद गरेको थियो ।
अनलाइनखबर

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...