News Portal

प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा प्रधानमन्त्रीले दोहोरो चरित्र देखाए : कांग्रेस

हिमाली संचार संवाददाता
७६५ पटक

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र देखाएको आरोप लगाएको छ ।

प्रधानमन्त्रीकै कारण ‘दुर्भाग्यपूर्ण घटना’ भएको र यसले न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको नियन्त्रणकारी हस्तक्षेप भएको ठहर गरेको छ ।

मंगलबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको आलोचना गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीकै सिफारिसमा जोशीको नाम प्रस्ताव भएको तर, प्रधानमन्त्रीले नै अस्वीकृत गराउन आफ्ना पार्टीका सांसदहरुलाई हृवीप लगाएको कांग्रेसको दाबी छ ।

ओलीले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित भूमिका खेलेको भन्दै कांग्रेसले भनेको छ, प्रधानमन्त्रीले दुराशयपूर्ण तवरबाट आफैं सिफारिस गर्ने, आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गर्नु भएकामा कांग्रेस गम्भीर छ ।’

प्रधानमन्त्रीकै कारण प्रधानन्यायाधिश नियुक्तिको प्रक्रिया दुर्घटनामा परेको कांग्रेसले बताएको छ ।

यसलााई न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेप भन्दै कांग्रेसले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय गरेको छ ।

बैठकपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यदि जोशीको शैक्षिक प्रमाणपत्र नक्कली छ भने राज्यले छानविन गरेर कारबाही गर्नु पर्ने माग समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...