News Portal

वियोगान्त लोकदोहोरी गित ‘निष्ठुरी’ सार्वजनिक

हिमाली संचार संवाददाता
५८५ पटक

कृष्ण प्रसाद अधिकारी
दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिका–१ का गायक शैलेन्द्र भण्डारी ‘सलु’ र सोहि गाउँपालिका–२ का गायिका आशा कुमारी चन्दको नयाँ गित सार्वजनिक भएको छ । गायक शैलेन्द्र भण्डारी र गायिका आशा कुमारी चन्द (शाही)को शव्द तथा स्वर तथा सानू बिपिन सप्लाङ्गी मगरको लय रहेको वियोगान्त गित ‘निस्ठुरी’ सार्वजनिक भएको हो ।

गितको म्युजिक भिडियोमा चर्चित मोडल पुजना प्रधान र आकाश ठकुरी र राम बहादुर शाहीको मुख्य भुमिका रहेको छ । टि टाईम म्युजिक प्रा.लि. द्धारा बजारमा ल्याइएको उक्त गितको भिडियो टि टाईम म्युजिक प्रा.लि.ले नै बजार व्यवस्थापन गरेको छ ।

गितमा गायक तथा सर्जक इन्द्र जिसिको एरेन्ज र सल्लाहकार सहयोगिमा तारा बहादुर शाही, राम बहादुर र प्रीती भण्डारी रहेका भने संचार सहयोगी कृष्णप्रसाद अधिकारी रहेको बताइएको छ । भगवतीमाई गाउँपालिकमा जन्मीएर कर्मथलो कतार बनाएका गायक शैलेन्द्र भण्डारीले थुप्रै गितहरु बजारमा ल्याएका छन् ।

पहिलो पटक गायिका आशा कुमारी चन्द (शाही) सगं गायक भण्डारीले दर्शक तथा स्रोताले मन पराएमा अन्य थुप्रै गितहरु ल्याउने बताएका छन् । गायिका आशा कुमारी चन्द शाहीले गित अत्यन्तै मार्मिक भएको भन्दै बास्तविक रुपमा धेरै जनाको जीवनमा मेल खाने र धेरै भन्दा धेरै स्रोताको मन जित्ने बताईन । उनले आगामी सांगितिक यात्रालाई साथ दिन आम स्रोत तथा दर्शकलाई आग्रह गरेकी छिन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...