News Portal

  • नेपाल भारत दश गज्जा क्षेत्रमा संयुक्त गस्ती

    हिमाली संचार संवाददाता
    ६२१ पटक
    रबिन्द्र बराल, मोरङ

    फाल्गुन २१ मंगलबार : शसस्त्र प्रहरी बल नेपाल नं ३ कंकालिनी गण माेरङले फाल्गुन १६ गतेदेखि बिराटनगरकाे जाेगवनी बाेडर देखि नेपाल भारतकाे सिमाबर्ति क्षेत्रमा संयुक्तरूपमा गस्ती गरिरहेकाे छ। साे गस्ती टाेली जम्मा ७२ किलोमिटरकाे पाैदल गस्ती गरेको हाे। गस्ती टाेली माेरङकाे रतुवामाई नगरपालिका ३ स्थित मिर्चैया गडि सम्म पुग्ने भएको हाे ।

    भारतिय सशस्त्र सिमा बल र बि अाे पि रंगेलीकाे संयुक्त अायाेजनामा गस्ती गरिएको छ । नेपाल भारत काे दश गज्जा क्षेत्रकाे ७२ किलोमिटर भित्रमा १ सय २४ वटा पिलरहरु समेत रहेको छ। भित्र रहेको पिल्लर नम्बर किलोमिटर क्षेत्रमा दुबै देशका अधिकृतहरूकाे कमाण्डमा संयुक्त गस्ति गरिएकाे छ ।

    यस प्रकारकाेे सुरक्षा गतिविधिले सिमा नाकामा हुने अबैध कृयाकलाप, राजस्व छलि, मानव तस्करि लागुपदार्थ, दुर्व्यसनि, जस्ता हरेक क्रियाकलाप हरु नियन्त्रण न्युनिकरण हुदै जाने साथै दुवै देशका सुरक्षा अंग बिच राम्राे समन्वय हुने गस्ती टाेलीका प्रमुख सुमन बुढाथोकीले बताए ।

    संयुक्त गस्ती टाेलिले स्थानिय सर्बसाधारणमा समेत सकरात्मक संदेश जाने उद्श्यले यस्ताे कार्यक्रम गरिएको बि अाेपि रंगेलीका प्रमुख बिश्वनाथ पाेख्रेलले बताउनुभयाे । उक्त गस्ती टाेलिमा ससस्त्र प्रहरीकाे २१ जना रहेका छन भने भारतीय एसएस पि १५ जनाले संयुक्तरूपमा गस्ती समेत गरिरहेकाे छ ।

    भिडियो हेर्नुहोस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...