News Portal

लोकप्रिय गायक तुलसि सिवाकोटीको ” प्यारी छोरी ” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
६९२ पटक

काठमाडौ – युरोप जस्तो अत्यन्तै ब्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागी रात दिन तल्लिन रहने अत्यन्तै लोकप्रिय गायक तुलसि सिवाकोटीले ” प्यारी छोरी ” नामक गिति एल्बम बजारमा ल्याएका छन।

आफ्नै छोरिको जन्म दिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेको सिवाकोटीले आफ्ना छोरिको लागी मात्र नभएर सम्पुर्ण छोरीहरुको लागी उपहार दिन खोजेका हुन् ।

हरेक बाबु-आमाको आफ्ना छोराछोरीको उत्तिकै प्यारो लाग्ने गर्दछ। तर धेरै जसो हाम्रो नेपाली समाजको सोचाइमा भने छोरी भन्दा छोरा नै भै दिए हुन्थ्यो भन्ने गलत सोचाइले गर्दा छोरीलाई समाजमा हुने गरेको हेलित पनले भने गायक सिवाकोटीले छोरी प्यारी हुन् छोरी सृष्टि हो, छोरी यस संसारको धर्ती मात्र हैन आँखा को नानी हुन् भनेर छर्लङ्ग पारि दिएका छन् ।

यसु थापाको शब्द र निरज श्रेष्ठलेको संगीतमा रहेकोे यो गीतले सम्पुर्ण दर्शक श्रोताहरुको मन जितेका छन् । थुप्रै किसिमका गीतहरुमा आवाज दिएर सबैका मन जितिसकेका सिवाकोटीले यसपाली छुट्टै किसिमका र पृथक किसिमको आवाज दिन पाउदा मख्ख र खुशी देखिन्छन् ।

उनि गायक भन्छन् यो समाजले छोरालाई काखा र छोरी लाई पाखा गरेर हेर्ने दृस्टिकोणले गर्दा मेरो मन नै अमिलो भैरहेको बेलामा सम्पुर्ण छोरिहरुको लागी यो गित पस्कन पाउदा म अत्यन्तै गौरव र भाग्याशाली ठानेका छु। युरोपमा रहेको चर्चित प्रोडक्सन हाउस उमारोंन क्रिएसनले बजारमा आफ्नो युटूब च्यानलबाट रिलिज गरिएको छ ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...