News Portal

सुर्खेतको सिम्तामा जीप दुर्घटना हुँदा ९ जना घाइते

हिमालीसञ्चार संवाददाता
५३१ पटक

सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिका–६ गजौडा नजिकै जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे१ज ७७२ नम्बरको सनराइज यातायातको जीप मंगलबार दिउँसो १ बजेतिर दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा कुशे गाउँपालिका–५ जाजरकोटकी तीन३ वर्षीया प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका–६ की २५ वर्षीया हरिकला रोकाय, २७ वर्षीय मीनप्रसाद महतारा, उनका छोरा दुई वर्षीय आयुस महतारा, चार वर्षीया छोरी मानवी महतरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिए ।

त्यस्तै, सल्यानको कुमाख गाउँपालिका–५ की ५५ वर्षीया विष्णुकुमारी शाही, पूजा बुढाथोकी र राप्ती सोनारी गाउँपालिका–२ बाँकेका दीपक सेन पनि घाइते भएको सेञ्चुरीले बताए ।

घाइते तीन जनालाई जनबन्धु पोलिक्लिनिकमा सामान्य उपचारपछि नेपालगन्ज पठाइएको र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको जीप ‘ब्रेक फेल’ भएर सडकदेखि १५ मिटर तल खसेकोे प्रहरीले बताएको छ । जीप चालक बाँके कोहलपुरका विवेक सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बादे पिपल सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...