News Portal

सुर्खेतको सिम्तामा जीप दुर्घटना हुँदा ९ जना घाइते

हिमालीसञ्चार संवाददाता
६४९ पटक

सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिका–६ गजौडा नजिकै जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे१ज ७७२ नम्बरको सनराइज यातायातको जीप मंगलबार दिउँसो १ बजेतिर दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा कुशे गाउँपालिका–५ जाजरकोटकी तीन३ वर्षीया प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका–६ की २५ वर्षीया हरिकला रोकाय, २७ वर्षीय मीनप्रसाद महतारा, उनका छोरा दुई वर्षीय आयुस महतारा, चार वर्षीया छोरी मानवी महतरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिए ।

त्यस्तै, सल्यानको कुमाख गाउँपालिका–५ की ५५ वर्षीया विष्णुकुमारी शाही, पूजा बुढाथोकी र राप्ती सोनारी गाउँपालिका–२ बाँकेका दीपक सेन पनि घाइते भएको सेञ्चुरीले बताए ।

घाइते तीन जनालाई जनबन्धु पोलिक्लिनिकमा सामान्य उपचारपछि नेपालगन्ज पठाइएको र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको जीप ‘ब्रेक फेल’ भएर सडकदेखि १५ मिटर तल खसेकोे प्रहरीले बताएको छ । जीप चालक बाँके कोहलपुरका विवेक सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बादे पिपल सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...