News Portal

नेत्र प्रसाद ज्ञवाली र लोकेन्द्र चन्दलाई मेलम्चीको पानि र रेलको किन यति चिन्ता ? (भिडियो सहित)

हिमाली संचार संवाददाता
१८३४ पटक

राजु बोहरा–काठमाडौँ । लोक भन्ने बित्तिकै समाज बुझिन्छ, समाजमा भए गरेका घटना परिघटना लाई लोक लयमा बुनेर बाहिर ल्याउनु नै लोक तथा दोहोरी गीत संगीतको बिशेषता हो । तर पछिल्लो समयमा धेरै कलाकारहरु ब्यवासाहिक मुखी बनिरहँदा यी यस्ता लोक जीवनका यथार्थताहरु ओझेल परेका हुन् कि भन्ने जो कोहीलाई पनि भान हुन सक्दछ । हो यसैलाई मध्यनजर राख्दै आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ पल्विका डिजिटल प्रालिले एक समय साप्यक्ष्य तीज गीतलाई भर्खरै बजारमा सार्बजनिक गरेको छ । उक्त गीत स्वदेशमा रेल गुडाउने र मेलम्चीको पानि काठमाडौँ आउने बिषय संग सम्बन्धित रहेको छ ।

राजनैतिक उथलपुथल र कुर्सि मोहमा मात्र नेताहरु लागिरहँदा बिकाश निर्माणको काम ओझेल परेको हो भन्दै बिन्ग्य प्रहार गरेर तयार पारिएको यस गीतमा सावित्री जोशी, लोकेन्द्र चन्द र नेत्र प्रसाद ज्ञवालीको सुमधुर स्वर रहेको छ । प्रतिभावान कलाकार नकुल गौतम द्वारा लय तथा शब्द सृजना भएको यस गीतको म्युजिक भिडियोबाट पनि सम्बन्धित निकायलाई ध्यान आकर्षण गराएको छ ।

भिडियोमा दमन रुपाखेती, निरु खड्का, जनक बर्तौला सरिता गौतम र सागर चौलागाईंको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन भीमसेन अधिकारी (भोगटे डन) ले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन सरिता गौतम ले गरेकी छिन् । यो गीत नेत्र प्रसाद ज्ञवाली र लोकेन्द्र चन्दको प्रस्तुतिमा बजारमा आएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...