News Portal

वामदेब गौतमलाई नमान्ने डोल्पाली युवाको चेतावनी

हिमाली संचार संवाददाता
८३५ पटक

काठमाडौं – सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षडयन्त्र भएको भन्दै डोल्पाका युवाहरुले आपत्ति जनाएका छन् ।सांसद बुढालाई राजीनामा गराएर उक्त क्षेत्रबाट बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेब गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

युवाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उनलाई ५ वर्षसम्म काम गर्न दिन नेकपाको नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीसमेत रहेका बुढालाई राजीनामा दिन लगाएर वरिष्ठ नेता गौतमलाई उपनिर्वाचनमार्फत् डोल्पाबाट सांसद बनाउने चर्चा चेलेको छ । तर, यो कुरा आफूहरुलाई मान्य नहुने डोल्पाका युवाहरुले चेतावनी दिएका छन् ।

उनीहरुले निर्वाचनमा हार खाएका वरिष्ठ नेता गौतमलाई सांसद बनाए त्यो नेकपाका लागि इतिहासको सबैभन्दा ठूलो कलंक हुने तर्कसमेत गरेका छन् ।

जनताका आशा र भरोसाका रुपमा रहेका बुढालाई राजीनामा दिन कुनै पनि हिसाबले नमिल्ने भएकाले त्यसो नगर्न नेकपालाई सचेत गराउनु परेको डोल्पाका युवा राजीव शाहीले बताए ।

डोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद बुढाले निर्वाचनमा अत्याधिक मत पाएका थिए । स्थानीयले बुढा ५ वर्षका लागि आफ्नो प्रतिनिधि भएकाले कसैले पनि बीचमा राजीनामा नगराउन नमिल्ने तर्क पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...