News Portal

लैंगिक हिंसाबिरुद्ध ऐक्यबद्धता जनाउन न्यूजर्सीमा रातो सारी प्रदर्शन

हिमाली संचार संवाददाता
१०३९ पटक

अमेरिका : गत नोभेम्बर ३ का दिन अमेरिकाको न्यूजर्सीमा लैंगिक हिंसाबिरुद्ध ऐक्यबद्धता जनाउन महिलाहरुले रातो सारी प्रदर्शन गरेका छन् ।

उक्त कार्यक्रममा बिदेशीहरु पनि ऐक्यबद्धता जनाउन सहभागिता भएका थिए । न्यूजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तर्गत  ‘हड्सन स्पीक्स’ले संचालन गरेको  ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो सारी तथा कालो चोलोमा उपस्थित भएका थिए ।

न्यूजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंसाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निःशुल्क सेवा प्रदान गर्ने उद्धेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’, नेपालीमा बोलौ दिदीबहिनी भन्ने अभियान संचालन गरिएको हो ।

हिन्दी, नेपाली, बंगाली तथा अंग्रेजीमासमेत सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंशाका पिडित नेपाली महिलाहरुलाई समेत निःशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

अतिथि तथा वक्ताहरुले बिशेष बोल्न पर्ने र यौन हिँसामा एकता हुनु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको बारेमा जानाकारी तथा उपस्थित नेपाली मूलका तथा बिदेशीहरुलाई स्वागत महिला अधिकारकर्मी बिष्णु माया परियार (मानार्थ विद्यावारिधि) ले गरेकी थिइन् ।

कार्यक्रममा दक्षिण एसियालगायत नेपालका कलाकारहरु समीक्षा पौडेल, कृति सुबेदी भट्ट, सिम्रन अधिकारी, कबिन महर्जनले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम प्रस्तोता अनुपना सापकोटाले गरेकी थिइन् ।

अतिथि तथा वक्ताहरुले बिशेष बोल्नु पर्ने र यौन हिंसाबिरुद्धमा एकता हुनु पर्ने कुरामा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...