News Portal

लैंगिक हिंसाबिरुद्ध ऐक्यबद्धता जनाउन न्यूजर्सीमा रातो सारी प्रदर्शन

हिमाली संचार संवाददाता
१०८२ पटक

अमेरिका : गत नोभेम्बर ३ का दिन अमेरिकाको न्यूजर्सीमा लैंगिक हिंसाबिरुद्ध ऐक्यबद्धता जनाउन महिलाहरुले रातो सारी प्रदर्शन गरेका छन् ।

उक्त कार्यक्रममा बिदेशीहरु पनि ऐक्यबद्धता जनाउन सहभागिता भएका थिए । न्यूजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तर्गत  ‘हड्सन स्पीक्स’ले संचालन गरेको  ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो सारी तथा कालो चोलोमा उपस्थित भएका थिए ।

न्यूजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंसाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निःशुल्क सेवा प्रदान गर्ने उद्धेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’, नेपालीमा बोलौ दिदीबहिनी भन्ने अभियान संचालन गरिएको हो ।

हिन्दी, नेपाली, बंगाली तथा अंग्रेजीमासमेत सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंशाका पिडित नेपाली महिलाहरुलाई समेत निःशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

अतिथि तथा वक्ताहरुले बिशेष बोल्न पर्ने र यौन हिँसामा एकता हुनु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको बारेमा जानाकारी तथा उपस्थित नेपाली मूलका तथा बिदेशीहरुलाई स्वागत महिला अधिकारकर्मी बिष्णु माया परियार (मानार्थ विद्यावारिधि) ले गरेकी थिइन् ।

कार्यक्रममा दक्षिण एसियालगायत नेपालका कलाकारहरु समीक्षा पौडेल, कृति सुबेदी भट्ट, सिम्रन अधिकारी, कबिन महर्जनले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम प्रस्तोता अनुपना सापकोटाले गरेकी थिइन् ।

अतिथि तथा वक्ताहरुले बिशेष बोल्नु पर्ने र यौन हिंसाबिरुद्धमा एकता हुनु पर्ने कुरामा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...