News Portal

बोल्नेको मुख थुन्ने, लेख्नेका हात बाँध्ने अनि सिके राउतलाई जोगाउने ?

५७७ पटक

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद धनराज गुरुङले लोकतन्त्र र राष्ट्रियता दुवै खतरामा रहेको बताएका छन् । नेता गुरुङले सरकार पञ्चायती शासनको झल्को दिने गरी परिचालित भएको पनि बताए ।

नेपाल प्रेस युनियन स्याङ्जा शाखाको शनिवार आठौं अधिवेशनको उदघाटन गर्दै केन्द्रीय सदस्य गुरुङले लोकतन्त्रबिनाको प्रेस स्वतन्त्रता नहुने बताउँदै संविधान प्रदत्त हकलाई मुलुकी ऐन संहितामार्फत पत्रकारलाई अंकुश लगाउने काम गरेकोमा आपत्ति जनाए ।

‘बोल्नेका मुख बन्द गर्ने र लेख्ने हातमा हतकडी लगाउने तर देश विखण्डनको नारा दिने सिके राउतलाई सुरक्षा दिने जस्ता काम सरकारले गरेको छ,’ उनले भने, ‘मुलुकमा राजनीतिक परिवर्तन धेरै भएपनि प्रवृत्ति फेरिएन, पञ्चायतकालमा नमिता÷सुनिता हत्याकण्डझैं अहिले निर्मला पन्त हत्याकाण्डका अपराधीलाई सरकारले जोगाएको छ ।’

भारत र चीनतर्फ फर्केर मात्र समृद्ध नआउने उनले बताए । ‘दिगम्बर झाको नियुक्ति, ३३ किलो सुन, वाइडबडी जहाज प्रकरण, यातायात सिण्डिकेट जस्ता कुरामा सरकार माफियासँग झुक्यो,’ गुरुङले भने, ‘जनतालाई करको भारी बोकोउने अनि सिटामोलको एक चक्की खान नपाउने गरिब नागरिकका प्रधानमन्त्रीलाई २÷३ वटा बुलेटप्रुफ गाडी चाहिने ?’

यसैगरी, तत्कालीन संविधानसभा सदस्य राजु थापाले सरकारले दुईतिहाइको दम्भका आधारमा घुमाउरो पाराले पत्रकारितामा अंकुश लगाउन खोजेको बताए । जब पत्रकारका कलम लडबडाउन खोज्छन् तब देश दुर्घटनामा फस्ने बताउदै थापाले जननिर्वाचित सरकारले नागरिक झुक्काउने काम गरिरहेको गुनासो गरे ।

अन्नपूर्णकर्मी सम्मानित

यसैबीच, स्याङ्जालाई पत्रकाारिताको कर्मथलो बनाएर सक्रिय अन्नपूर्णकर्मी भवानी अधिकारीलाई सम्मानित गरिएको छ ।

पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण, लोकतन्त्रको संस्थागत विकास र राष्ट्रियताको प्रवद्र्धन गर्न जोखिम मोलेर काम गरेको भन्दै अन्नपूर्ण पोष्ट्कर्मी अधिकारीलाई ‘फत्तबहादुर थापा डिलकुमारी थापा प्रेस युनियन जोखिम पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको छ ।

केन्द्रीय सदस्य धनराज गुरुङ् र जोखिम पत्रकारिता पुरस्कार संरक्षक पूर्व संसद राजु थापाले नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

यस्तै प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कारबाट प्रेमराज पौडेल, कृषि पत्रकारिताबाट प्रकाश डोटेल, प्रेस युनियन विकास पत्रकारिताबाट राधाकृष्ण डुम्रेलाई पनि नगदसहित सम्मान गरिएको छ।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...