News Portal

  • नारायणगढ-बुटवल सडकखण्ड: धमाधम विद्युतको पोल हटाईँदै

    हिमालीसंचार संवाददाता
    २४८ पटक

    काठमाडौँ।
    नारायणगढ-बुटवल सडक निर्माणले गति लिने भएको छ। विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो। अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ। अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ। काम नियमित हुँदा पनि एक वर्ष मात्रै अवधि बाँकी भएकाले ठेक्का अवधिभित्र सकिने देखिँदैन। अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म प्रगति हुने देखिएको बुटवाल–नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दृष्टिले जानकारी दिए।

    राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्वपश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ। केही दिन पहिलेसम्म सडकमा विद्युत्को पोल स्थानान्तरण भइरहेको थियो। दसैँलगत्तै त्यसले निरन्तरता पाउने उनले बताए। उनले भने, “सडक विस्तार गर्दा सबैभन्दा ठूलो अवरोध नै विद्युत्को पोल हा, त्यो हटाइसकेपछि कामले गति लिनेछ।”

    पुलको निर्माण सुरु गर्नका लागि त्यहाँ पोल स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ। सो खण्डमा खानेपानीको पाइपको अवरोध छैन भने रुख काट्ने ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ। साढे तीन वर्ष अवधिमध्ये पहिले यहाँको संरचनाका कारण अवरोध पुगेको थियो भने झण्डै डेढ वर्षदेखि कोभिडका कारण नियमित काम हुन सकिरहेको छैन। अझै पनि कोभिडको सङ्क्रमण हटिनसकेकाले आगामी दिनमा नियमित काम गर्न सकिने हो होइन भन्ने अन्यौल रहेको प्रमुख दृष्टिले बताए।

    उनले भने “कोभिडले थप अवरोध नपु¥याएमा अबको दिनमा भौतिक प्रगति बढ्ने देखिएको छ। निर्माण व्यवसयीले अबको छ महिनामा ३० प्रतिशत काम सकाउँछु भनेर प्रतिबद्धता गरेका छन्।”अहिले निर्माणस्थलमा भइरहेको कामलाई हेर्दा त्यो प्रगति हुनसक्ने देखिएको उनले बताए। उनले भने, “निर्माणस्थल खाली हुँदै गएकाले अबको दिनमा निर्माणले गति लिनसक्छ।”

    आयोजनाले अहिलेसम्म विस्तारका लागि सडक भत्काएको छैन। सुरुमा सडकको दायाँबायाँ थप्ने काम भइरहेको प्रमुख दृष्टिले बताए। सडक भत्काएर काम गरेको भए सडकको अवस्था अहिलेभन्दा पनि नराम्रो हुने भएकाले नभत्काइएको उनले बताए। निर्माणस्थलमा रहेका धेरै संरचना हटाइएको छ भने हट्न बाँकीमा पनि काम भइरहेको छ। नेपाल विद्युत् प्राधिकरण, वन विभाग र जिल्ला प्रशासन कार्यालयलगायत सरोकार राख्ने निकायबाट सहयोग र समन्वयमा काम भइरहेको प्रमुख दृष्टिले बताए। सो सडकमा निर्माणको काम गर्ने कम्पनी अन्तर्राष्ट्रिय कम्पनी भएकाले उसले प्रतिष्ठाका लागि पनि गर्ने अपेक्षा गरिएको छ। उनले भने “कोभिडबाहेक अरु अवरोध नभएकाले एक वर्षमा पनि प्रगति बढ्ने देखिन्छ।”

    बुटवल–नारायणगढ सडकमा दुई खण्डमा एकै पटक निर्माण अघि बढाइएकामा अहिले दुवैतर्फ काम भइरहेको छ। दसैँ सुरु भएसँगै कामदार घटिरहेकाले निर्माणस्थलमा बाँकी भएकालाई खाल्डा टाल्ने काममा लगाइएको आयोजनाले जनाएको छ। उनले भने, “यसअघि वर्षाकै कारण खाल्डा टाल्न नसकिएको भए पनि रोएिपछि काम गर्न थालिएको हो।”

    निर्माण व्यवसायी पहिलेभन्दा निर्माणमा तदारुकता देखाएको आयोजनाले जनाएको छ। निर्माणको अवधिमा यहाँ भएर आवतजावत गर्ने सवारी साधनलाई बाधा नपुगोस् भनेर ध्यान दिइने गरी योजना बनाइएको छ। सबैभन्दा बढी सवारी चाप रहेको सडक भएकाले पनि यहाँको विस्तारमा चुनौती छ। त्यही कारणले पनि धेरैको चासो र गुनासो पाइएको छ। कहिले कहिले क्षमताभन्दा बढी तौल बोकेका सवारी साधनले गर्दा जाम हुने गरेको छ। धेरैले सडकका कारणले सडक जाम भएको भनी बुझ्ने गरेका छन्।

    सडक निर्माण गर्दा एर्कातर्फबाट सवारी साधन पठाउने वैकल्पिक सडक नभएकाले पनि भइरहेकै सडकमा व्यवस्थापन गरेर निर्माण र सवारी साधन सञ्चालन गर्नुपर्ने प्रमुख दृष्टिले बताए। कतै छ लेन त कतै चार लेन सडक निर्माण गर्न लागिएकामा कुनै लेनमा निर्माण अघि बढाइरहँदा अर्को लेनमा सवारीसाधन चालु गर्ने गरी योजना बनाइएको छ। उनले भने, “निर्माणको अवधिमा गन्तब्यमा पुग्न बढी समय लाग्ला तर पूरै सवारीसाधन नरोकिने गरी काम हुनेछ।”

    गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो। अहिले भने त्यो समस्या हटिसकेको छ। विसं २०७५ चैतमा सो सडकको विस्तार सुरु भएको थियो। दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई दिइएको छ। चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ। सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुङ्गा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...