News Portal

समाजसेवी गीताको पहलमा क्यानसर पिडीत सुब्बालाई मकाउबाट आर्थिक सहयोग

२ लाख २ हजार २ सय २२ रुपैया सहयोग संकलन गरी हस्तान्तरण

हिमालीसंचार संवाददाता
१५४९ पटक

मकाउ – मोरङ जिल्ला मिक्लाजुंग गाउँपालिका मधुमल्ला वडा नं. ३ निवासी ३१ बर्षीय सलिना सुब्बालाई पाठेघरमा क्यानसर भएर उपचारमा समस्या भईरहेको सुब्बालाई मकाउमा कार्यरत नेपाली समुदायले आर्थिक सहयोग गरेका रकम आज चुङमा शेर्पा र याङजेन शेर्पाद्वारा हस्तान्तरण गरिएको छ।
क्यानसर पिडित सुब्बालाई आर्थिक अभावका कारणले उपचारमा थप समस्या भएको हुदा क्यानसर पिडित स्वयमले आर्थिक सहयोग गरिदिन हुन अनुरोध गरेकी हुनाले विगत धेरै लामो समयदेखि मकाउमा रहेर साथी भाईसंगको सहकार्यमा सामाजिक कार्यमा प्रत्येक्ष सहयोग गर्दै आई रहेकी समेजसेवी गीता मगर शेर्पाको पहलमा १ सय १ जना सहयोगी मानुभावहरुबाट क्यानसर पिडित सुब्बालाई आर्थिक सहयोग संकलन गरी नगद २ लाख २ हजार २ सय २२ रुपैया नगद आज प्रदान गरिएको गरिएको हो।

समाजसेवी गीता मगर शेर्पाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सहयोग अनुरोध गरेपछि प्रत्येक्ष रुपमा आर्थिक सहयोगमा जुटेका सहयोगी मनहरु राजी साह भट्ट, इश्वर भट्ट, सन्जिब कोयी, कुमारी गुरुङ, माया गुरुङ, रितेश गुरुङ, दावा शेर्पा, सारा मगर, चण्डी योङ्या, कुमारी लिम्बु, रेशम मगर, ममता काफ्ले, लिल बहादुर गुरुङ “गोरा”, त्रिपक सिरिश मगर, तेन्जिङ भुटिया, एन्जल जाईन, नविन लिम्बु, हिरा थापा, दिनेश गौतम, सिमी पाख्रिन, श्याम श्रेष्ठ, हेन्ड्रेन ग्याल्बु, रितु श्रेष्ठ, राम राना, ङवाङ ग्याल्जे शेर्पा, खगेन तुम्सा , सन्देश ‘ईङघङ’, प्रज्वल आले, अनिल आले मगर रहेका छन्। 

त्यस्तै, डिपलभ गुरुङ, हेनरी टंक बिस्ट, सुरेश बस्नेत, भुवन पुन, पुजा सुमित मगर, महेश महर्जन, योङ्हाङ इक्सा लिम्बु, ग्याङ्जो लामा, धनकाजी तामाङ, ग्याल्बु शेर्पा, संगीता रिजाल खत्री, विज खत्री, नितु थापा, सेनाम भुट्टी शेर्पा, सुच्चा भिम किरात, चिन्ता सिरिश, निशा गोम्जा, देउहाङ सुब्बा, रेणुका प्रसाई, प्रेम आचार्य, तुलसी पौड्याल, देवी पुन, सुमन पुन, कुमार गोले लामा, सितल सिलवाल, प्रमोद बोगटी, रंजिला लामा, विन्दा कार्की, भरत कार्की जोडिएका छन्। 

पुन: बविता प्रकाश गुरुङ, ज्याक मोक्तान, सोनाम छोक्की, अप्सरा सुब्बा, विष्णु माया खड्का, दिवश खड्का, राम शर्मा, सिमा लिम्बु बस्नेत, भिम गुरुङ,पासनेरी शेर्पा, भाग्य मोक्तान, निरज थापा मगर, पार्वती घल्तान, भरत मगर, ज्याक विष्णु, सवी बरुवाल, शम्सेर थापा मगर, अनिश जंग लक्की, कल बहादुर तामाङ, केल्भिन कार्की, मिचेल चान, विमु लिम्बु, नारु खासु मगर, सुनिता विष्ट, तापमादेन तरण “करण लिम्बु”, झलक्पा शेर्पा, सितु लामिछाने, ज्वाना भण्डारी, जानुका, अमर लिङदेन, सर्मिला राई, छोग्याल शेर्पा, शंकर खड्का, सपना भुजेल कार्की, शान्ति अधिकारी, छिरिङ लामा वालुङ, दिपक राज गिरी, इन्द्र गिरी, अमृत प्रजापति, भिम शेर्पा र स्वयम् गीत मगर शेर्पालगायदका सहयोगी मानुभावहरुले आर्थिक सहयोग संकलन गरेका हुन। 

मिक्लाजुंग गाउँपालिकाले आर्थिक अवस्था कम्जोर भएको हुदा भरतपुर क्यानसर अस्पताल भरतपुरलाई उपचारमा सहयोग गरिदिन सिफारिस गरिएको भए पनी आर्थिक कम्जोरीका कारण थप उपचार हुन नसक्दा समस्यामा परेकी सुब्बाको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुर उपचार भईरहेको छ। 

समाजसेवी गीता मगर शेर्पाका अनुसार थप उपचारका लागि रु. १५ लाख रुपैया आवश्याक पर्ने भएको हुदा क्यानसर पिडित सुब्बालाई आर्थिक सहयोग गर्न अनुरोध गरेकी छिन्। Global ime Bank ‘3507010251846’ Gongabu Branch, Nepal क्यानसर पिडित सुब्बाको ब्यक्तिगत सम्पर्क नम्बर 9742892132 सम्पर्क गरेर प्रत्येक्ष सहयोग गर्न सकिने समाजसेवी गीता मगर शेर्पाले हिमालीसंचार डटकमसंग जानकारी दिईन्। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...