News Portal

रहस्यमय बन्दै संखुवासभा घटना, थप ४ जना अनुसन्धानमा तानिए

हिमालीसंचार संवाददाता
६१८ पटक

अनिष विष्ट,
संखुवासभा। मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जना माथि अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ। लोकबहादुरका भाइ नरेशसमेत प्रहरी नियन्त्रणमा छन्। हत्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य ४ जनामाथि प्रहरीले अनुसन्धान थालेको छ।

भदौ २१ गते बिहान लोकबहादुरले ६ जनाको हत्या गरेको बताइएको छ। लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई पक्राउ गरेको हो। हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य ४ जना माथिसमेत प्रहरीले अनुसन्धान थालेको छ।

प्रहरीले ती ४ जनाको नाम भने खुलाएको छैन। प्रहरीले मृतक रञ्जनाको हराएको मोबाइल लोकबहादुरको घरमा फेला पारेपछि अनुसन्धान लोकबहादुर र उनका भाइ नरेशमाथि केन्द्रित भएको छ। लोकबहादुर र उनका भाइ नरेशसँगको बयानका आधारमा प्रहरीले थप ४ जनालाई अनुसन्धानको दायरामा ल्याएको हो।

घटनाको सातौं दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो। मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटना स्थल केन्द्रित बनेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए।

हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट बिहीबार मोबाइल भेटिएको हो। रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो। मोबाइल स्विच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो। घटनाबारे थप प्रमाण फेला परेपछि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी सहित ६ जनाको टोली घटना स्थल पुगेर पुनः अनुसन्धान सुरु गरेको छ।

‘घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेका छौँ, एसपी राईले अन्नपूर्णसँग भने। छिमेकीले समेत घटनाको जानकारी नदिँदा प्रहरी अनुसन्धानमा जटिलता भएको थियो। एक जना व्यक्तिले मात्र उक्त घटना गराउन नसक्ने प्रहरीकै केही अधिकारीहरुले बताउँदै आएका छन्।

लोकबहादुरलाई सार्वजनिक गरेकै दिन संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवरसहितको अनुसन्धान टोली आ–आफ्नो कार्यालय फर्किएका थिए। थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको टोली घटना स्थलमै रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...