News Portal

मकाउमा तीज कार्यक्रम सम्पन्न, तीज क्वीनको उपाधी नयन गुरुङलाई (फोटो फिचर)

हिमालीसंचार संवाददाता
२२७९ पटक

मकाउ – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा मकाउमा दर खाने तथा तीजको गीतमा नाचगान गरी मकाउ स्थित पोन्टे-१६ होटलको छैटौ तल्लामा भव्यताका साथमा तीज कार्यक्रम सम्पन्न, तीज क्वीनको उपाधि पाँचथरका नयन गुरुङलाई प्रदान गरिएको छ।

त्यस्तै, तीज क्वीन पहिलो र दोस्रो रनर अप क्रमश दोलखाका सिमी पाख्रिन र विरगञ्जका सपना भुजेल कार्कीले प्राप्त गरेकी थिइन् । तीज क्वीन विजेताहरुका लागि राजी शाह भट्टद्वारा क्राउन प्रदान गरिएको थियो। मकाउमा रहेका नेपाली महिला दिदिबहिनीहरुले यस पटक थप नया कार्यक्रम समेत आयोजना गरिएको कार्यक्रम आयोजक मध्येका अगुवा गीता मगर शेर्पाले हिमालीसंचार डटकमलाई जानकारी दिएकी हुन्। 

मकाउमा कार्यरत नेपालीहरुले आफ्ना चाड, पर्व र संस्कार संस्कृति मनाउन एक जुट हुदै आएका नेपाली दिदिबहीनीहरुले थप नया रुप दिन तीज क्वीन कार्यक्रम समेत राखिएको उनको भनाई थियो । मकाउमा रहेका नेपाली महिलाहरुले यो पटक तीजको अवसरमा एक कार्यक्रम आयोजना गरी तीज क्वीन कार्यक्रम राखेर थप रमाईलो गरेका हुन् । 

गत सेप्टेम्बर ५ तारिख आइतवार मकाउ स्थित पोन्टे-१६ होटलको छैटौ तलाको ग्राण्ड बलरुममा आयोजना गरिएको कार्यक्रममा तीजको अवसरमा दर खाने कार्यक्रम बाहेक अन्य विभिन्न खेल, मनोरंजनात्मक कार्यक्रम गरेर खुशी साटेका थिए। उपस्थित नेपाली महिलाहरुको अलवा विदेशी महिलाहरुले समेत नेपाली रातो पहिरनका साथमा नाच गान गरी रमाईलो गरेका हुन् । 

आयोजित कार्यक्रमका लागि शेर्पा समाज मकाउ र गुरुङ “तमु” समाज मकाउले एक रात उक्त होटलमा बस्नका लागि सम्पूर्ण सुविधा सहितको २ वटा छुट्टा छुट्टै कोठा प्रायोजन गरेका थिए। आयोजित कार्यक्रममा उपस्थित नेपाली महिलाहरुवीच भाग्यशाली चिठ्ठाद्वारा उक्त पुरस्कार प्रदान समेत गरिएको थियो।

उक्त तीज कार्यक्रममा उपस्थितहरुको तर्फबाट सामुहिक रुपमा काठमाडौं राजधानीमा विभिन्न जिल्लाबाट श्रम गर्न आएका श्रमिकहरु लकडाउनका कारण काम गर्न नपाउदा समस्यामा परेका श्रमिकहरुलाई खाधन्न प्रदान गरिएको थियो। 

त्यस्तै, खुकुरी नेपाली रेष्टुरेन्ट मकाउले १०० डलर बराबरको ५० वटा गिफ्ट भौचर, नमस्ते ट्रेडिङ मकाउले नेपालमा उत्पादित मुस्ताङ वियर, निरज थापा मगर, सुनिल काफ्ले र राम तामाङले ५० वटा गिफ्ट भौचर तीज कार्यक्रममा प्रायोजन गरी सहयोग गरेको थिए । 

त्यस्तै, आयोजित कार्यक्रमका आयोजक कमिटीले पत्रकार तेजन खड्का र स्थानीय समाजसेवी रामचन्द्र श्रेष्ठको सहयोगमा काठमाडौं कोटेश्वर ३२ स्थित लकडाउनका कारण समस्यामा परेका मजदुर राम बहादुर माजी, मिन्दु लामा र लोकबहादुर नेपालीलाई खाधन्न सहयोग समेत गरिएको छ।

आयोजित तीज विशेष कार्यक्रमका लागि मकाउमा गठीत संध संस्था र उल्लेख्य रुपमा मकाउमा कार्यरत नेपाली दाजुभाईहरुले समेत दिदिबहीनीका लागि खुलेर सहयोग गरेका थिए। आयोजित कार्यक्रम कृष्ण शेम्पा याम्फु राईले संचालन गरेका थिए। 

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...