News Portal

मनि ट्रान्सफरको छानामाथि युवकको शव फेला परेपछि…

हिमालीसंचार संवाददाता
५३६ पटक

क्रान्ति शाह, वीरगन्ज।
पर्साको धोबिनी गाउँपालिका-४ लंगडी चोकस्थित मनि ट्रान्सफर रहेको घरको छानामा एक युवक मृत अवस्थामा फेला परेका छन्। जस्तापाताले छाएको छानामा अंदाजी २२/२३ वर्षका युवकको शव फेला परेको हो। शव फेला परेका युवकको पहिचान भने खुल्न सकेको छैन। शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिए।

भदौ १७ गते बिहीबार राति लंगडीमै रहेको एनआइसी एसिया बैंकको उपशाखामा चोरी भएको थियो। त्यहि बैंक नजिकको मनि ट्रान्सफर भएको घरको छानामा आइतवार बेलुकी युवकको शव फेला परेको हो। मृत भेटिएका युवक बिहीबार राति एनआइसी एशीया बैंकमा भएको चोरी गर्ने समूहकै हुनसक्ने स्थानीयले आशंका गरेका छन्।

बैंकमा चोरी गर्ने समुहले मनी ट्रान्सफरमा समेत चोर्ने क्रममा छानाको जस्तापाता उप्क्याएर भित्र छिर्न लाग्दा करेन्ट लागेर ती युवकको मृत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ। शव सडेर गन्हाउन थालेकाले पनि घटना दुई तीन दिन पहिलकै (बिहीबार राति कै) भएकाले थप आशंका उत्पन्न भएको प्रहरीले जनाएको छ।

शवको प्रकृति हेर्दा ती युवक मनि ट्रान्सफरको कार्यालयमा चोरी गर्न गएको र करेन्ट लागेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे अनुसंधान थालिएको प्रहरी उपरीक्षक पाण्डले जानकारी दिए। गत बिहीबार राति लंगडीमै रहेको एनआइसी एशिया बैंकको शाखा कार्यालयमा चोरहरुले बैंकको मुल गेटको सटर नै फोडेर भित्र पसेका थिए।

बैंकमा जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो अनुसार रेनकोट लगाएर आएका दुई जनाले अक्सिजन सिलण्डर सहितको वेल्डिङ मेशीनले सटर काटेर भित्र पसेका थिए। चोरहरुले लकर पनि तोड्ने कोशीश गरेको तर बाहिर सडकमा प्रहरीको गस्ती पुगेपछि चोरहरु आफनो योजनामा सफल हुन नसकेर भागेका थिए।

बिहीबार राति बैंकमा भएको चोरी र आइतबार बेलुकी मनि ट्रान्सफरमा युवकको शव भेटिएपछि घटना अझ शंकास्पद देखिएकाले प्रहरीले दुवै घटनालाइ जोडेर अनुसन्धान थालेको प्रहरी उपरिक्षक पाण्डेले बताए। दुवै घटनामा भारत र नेपाल दुवै देशका मानिस संलग्न रहेको देखिएको भन्दै उनले भने,‘ छिटटै अपराधीको पहिचान लाग्छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...