News Portal

प्रधानमन्त्री देउवाले किन ‘कुर्सी छाडेर’ सोफामा बसे?

हिमालीसंचार संवाददाता
११४० पटक

काठमाडौं – शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बस्दै थियो । बैठकमा सहभागी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समेत सहभागी थिए ।

देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक गठबन्धनको बैठक बसेको थियो। उक्त सत्तारुढ गठबन्धनको बैठकमा एउटा फरक दृश्य देखियो । दुई जना पूर्व प्रधानमन्त्री (प्रचण्ड र नेपाल) र दुई जना पूर्वउपप्रधानमन्त्री (यादव र केसी) सँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको थिए । प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेका थिए ।​ बायाँतिरको सोफामा प्रचण्ड, नेपाल र केसी बसेका थिए भने दायाँतिरको सोफामा प्रधानमन्त्री देउवा र यादव रहेका थिए।

गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिन प्रधानमन्त्री देउवा सोफामा बसेको उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी (तत्कालीन नेकपा) का आफू समान नेताहरूको अस्तित्व स्वीकार गर्न नसक्दा उत्पन्न परिस्थितिबाट देउवाले पाठ सिकेको देखिन्छ ।

​ओलीले तत्कालीन नेकपामा प्रचण्ड र माधव नेपालले आफूहरूको अपमान हुने हर्कत देखाएको गुनासो गरेको सुनिन्थ्यो । नेकपामा ओलीले आफू बस्ने ठाउँबाट प्रचण्डको कुर्सी हटाइदिएको विषयले निकै चर्चा पाएको थियो ।

तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै ओलीले आफ्नो अपमान गर्न सचिवालय सदस्य बस्ने कित्तातिर कुर्सी सारिदिएको बताएका थिए । माधव नेपालले एमाले हुँदै नेकपाबाट फेरि एमालेमा फर्किदा पनि ओलीले आफ्नो मान राख्न नसकेको गुनासो गरेको पाइन्थ्यो ।

यो कुरालाई नजिकबाट नियालेका प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको कुर्सी छोडेर सम्मान भाव सन्देश दिन खोजेको देखिन्छ । संसदमा एक तिहाइ पनि सांसदको उपस्थिति नभएको अवस्थामा प्रचण्ड, माधव, उपेन्द्र र चित्रबहादुरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका थिए । उनीहरूको साथ र सहयोग बिना सरकार टिक्ने अवस्था नभएकाले पनि देउवाले समानको व्यवहार देखाएको बुझ्न गाह्रो छैन ।

देउवाले दिन खोजेको सन्देशबारे काँग्रेसका एक जना पदाधिकारीले भने,’केपी ओलीजीले आफू सम्मानका प्रचण्डजी र माधवजीको मान राख्न नसक्दा दुई तिहाइको सरकार सकियो । यो कुरा प्रधानमन्त्रीज्यूले राम्रोसँग बुझ्नु भएको छ । काँग्रेसले राम्रोसँग बुझेको छ ।’

कसैको अपमान गरेर आनन्द दिने स्वभाव प्रधानमन्त्री देउवाका नरहेको उनको भनाइ छ । ‘बेलाबेला झोक्किएपनि पार्टीभित्र र बाहिर कसैको अपमान गरेर आनन्द लिने उहाँको स्वभाव होइन । सबैको सम्मान राख्ने र समन्वयकारी स्वभावको मान्छे हो,’ उनले देउवाको स्वभाव सुनाउदै भने । गठबन्धनको शीर्ष नेतासँगै सोफामा बसेर प्रधानमन्त्री देउवाले महत्त्वपूर्ण सन्देश दिएको उनको भनाइ छ।

उनले भने,’गठबन्धनलाई सुदृढ र दिगो बनाउन प्रधानमन्त्रीज्यूले महत्त्वपूर्ण सन्देश दिनुभयो । यो सन्देश सरकार सञ्चालनमा पनि देखाउनु जरुरी छ ।’

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...