News Portal

६७ लाख ब्लडमनी तिरेर रोल्पाका दिल बहादुर घर्तीको उद्दार (भिडियो सहित)

हिमाली संचार संवाददाता
१३४६ पटक

लक्ष्मण रसाइली
काठमाडौं – हरेक मानिस को खुसि जति बेला हुन्छ जति बेला असम्भब र नसोचेको काम पुरा हुन्छ।हो हरेक असम्भब कार्य का पछाडी सम्भब पनि छ,धैर्यता र निरन्तरताले नै असम्भब लाई सम्भबमा परिणत गर्दछ।अगिले भन्दा करिब १५ महिना अघि यी नै हातले केहि दुखका खबर लेख्ने अबस्था आएको थियो।र त्यति बेला यी हातहरि यति कापेका थिए कि सायद यी हातले पनि यो आजको दिनलाई सम्भब नठानेर पनि हुन् सक्छ।जति बेला रोल्पा धबांगका एक युबक साउदीको जेलमा,६३ लाख ब्लड मणि माग गरिएको समाचार लेख्दा साच्चै असम्भब  नै लाग्थ्यो तर अन्तत सम्भब भएर नै छोड्यो ।

एउटा निर्दोस युवक माथि बिभिन्न किसिमका मुद्दा लगाएर कम्पनी,मेनपावरद्वारा फ़साइएका घर्तीले शनिबार मात्र नेपालको माटो देख्न पाएका छन् र घर्ती कि श्रीमती मनिकाका  बर्षौ देखि आफ्नो  श्रीमान पाउनका लागि दिन रात बग्ने आशुका धारा पनि अब थामिएका छन् र तिनैआँशुहरुमा घर्ती परिवारको  खुशी भेटिएको छ।

जति बेला घर्ती परिवार एक किसिमको दुख नै दुखको बर्षात हुन्थ्यो तर आज देखि खुसिको बलियो दियो बलेको छ।केहि समय अघि बाबा बाबा भन्दै  बाबालाई पाउदा बच्चाहरुको मुहारमा बलियो आत्मबल सहितको खुसि दखियो । काठमाडौँमा रहेको डिस्टनी ओभरसिज प्रा लि बात साउदी अरबको मजब इद दैबानी कन्ट्रक्सन  कम्पनीमा पुगेका घर्ती गाडि चालक भिसामा साउदी पुगेका थिए ।घर्तीलाई सवारी दुर्घटना गराई मान्छे मारेको अभियोग लगाई जेल राखेको थियो र उनलाई करिब ६३ लाख नेपाली रुपैया
ब्लड मणि फिरौती मागेको थियो ।

घर्ती कि श्रीमती केहि समय अघि देखि काठमाडौँका हरेक निकायमा धाउदै अन्तत दिपेश  पुनको नेतृत्वमा उद्दार समिती बन्यो र उद्दार सफल भएको छ ।

हिजो बाबा संगै बसेर हाँसखेल गर्ने अधुरो बालापनका बच्चाका रहरहरु अब पुरा भएका छन्  ।

जुन उद्दार सफल भयो यो सबै देश बिदेशमा रहेका सहयोगी मनहरुको महान देन हो । त्यसैले श्रीमती मनिकाले  पहिलो धन्यवाद तिनै परोपकारी हातहरुलाई दिएकी छन र प्रण गरेकी छन ‘बाँचुन्जेल सम्म सहयोगी दाताहरुको गुणलाई कहिलै भुल्ने छैन’।उद्दार समितीको सफल नेतृत्व र नेपाल र नेपाल बाहिर रहने सामाजिक संघ सस्था र व्यक्तिगत सहयोग बाट घर्ती नेपाल फर्कन सफल भएका छन् ।

साउदी जेलमा ब्लडमनी सजाय भोगिरहेका दिलबहादुर घर्तिको ब्लड मणि स्वरुप करिब ६७ लाख रकम बुझाएर  शनिवार बिहान जन्म भुमि स्वदेश फर्किएका हुन  । तोकिएको ब्लडमनि रकम तिरेको ३७ दिनमा उनि नेपाल फर्किएका हुन ।

दिल बहादुर घर्ति शनिबार बिहान  ९:२० बजे एर अरबिया बिमान मार्फत त्रिभुबन अन्तर्राष्ट्रिय  बिमानस्थलमा अवतरण भएका थिए । उनलाई एरपोर्टमा स्वागत गर्न श्रीमती मनिका  संगै छोरी र छोरा पुगेका थिए भने दिल बहादुर उद्दार मूल समितका संयोजक दिपेश पुन सचिब जिबन रोका सहित उद्दार समितिका सदस्यहरु विमानस्थल पुगेका थिए  ।

साथै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचिव लेख प्रसाद रोका मगर लगायतको टोलि संगै इन्द्रेणी लगायत अन्य मिडिया कर्मीहरु पनि विमानस्थल पुगेर  भब्य स्वागत गरिएको थियो ।

श्रीमती मनिकाले नसोचेको सपना जिबन मा एक्कासी भयो अनि खुसि पनि एक्कासी आयो भन्दै उनको  श्रीमान पाउदाको खुसि सम्भवतःकुनै  शब्दमा बर्णन गरि साध्य छैन । जब रुदै आशु भेल बगाउदै काठमाडौँ को यो शहरमा पुगेकी मनिकाले जब साउदीको कालकोठरीमा फसेका श्रीमानलाई पाउनु कुनै सानो कुरा थिएन ।

उनले हतासिदै खुसि कै आसुमा भनिन “जतिबेला मैले श्रीमान् पाउछु जहि लागेको थिएन मा रात दिन रुने मात्र गर्थे तर आज मैले श्रीमान पाएको छु यो देह भनेको जो जसले जहाबाट मेरो श्रीमान् फर्काउन  सक्दो सहयोग गर्नु भयो उहा हरु कै देहले आज मैले श्रीमान् आएको छु “यो खुसीको पल मा अरु धेरै बोल्न सकिनन ।जति बेला  सम्झी रहेकी थिइन त केवल श्रीमानलाई स्वदेश फर्काउने हातहरुलाई ।

उद्दार समितिका संयोजक दिपेश पुनले दिल बहादुर पुनलाई छोटो समयमा नै स्वदेश फर्काउन सफल भए पछी निकै हर्ष  खुसी व्यक्त गरे । दिल बहादुरलाई पाउन श्रीमतीको अथाह त्याग तपस्या देखेर नै देश विदेशबाट दयावान समाज सेवी हातहरु  एकजुट भएर दिल बहादुर घर्ती लाई नेपाल  फर्काउन सफल भएको बताए पनि बताए। जुन उद्दार समिती गठन भए लगतै छोटै समयमा देश तथा बिदेशमा रहने सहयोगी संघ सस्था सहयोगी हातहरु धन्यबाद समेत दिएका छन् ।

र दिल बहादुर घर्तीले  आफु निर्दोष हुँदाहुँदै पनि दोषी बन्नु पर्ने विवसतालाई उजागर गरे । म जस्तै नेपालीहरु बिना गल्ति बिदेशमा उस्तै पिडा भोगिरहेको सम्र्ट उनले  बताए । उनले भने बिदेशमा सोचेको भन्दा ठिक उल्टो हुन्छ,जति बेला माहान सपना बुनेर विदेश हिड्छौ तब सबै सत्यता र बास्तबिकता नबुझ्दा यस्तो दुखको खातिर बन्नु बाध्यता आउछ “।जसरी मैले पाएको दुख छ जति जसरि भन्दा पनि भन्न सकिन्न तर यहि हो जति बेला देखि मेरो उद्दारमा लाग्ने अभियन्ता सबलाई बिशेष आभार र देश विदेश बाट मलाई सहयोग गर्ने सबैमा अन्तर आत्मा देखि नै स धन्यबाद सहित आभार प्रकट गर्न चाहान्छु “उनले थपे ।

दिल बहादुर घर्तिको उद्दारका लागि उठेको बाँकी बचत रकम के गर्ने भन्ने बारे अभियानमा आबद्द विभिन्न संघ संस्था र व्यक्तिहरु संग समन्वय गरि छिट्टै टुंगोमा लगाउने संयोजक पुनले बताएका छन्। बचाउ अभियान मार्फत उठेको सम्पूर्ण रकमको हिसाब  केहि दिनमै पत्रकार सम्मेलन गरि सार्बजानिक  गर्ने समेत उनले बताएका छन् । र जती ब्लडमनी बापत तिरेको रकम बाहेक बचेको बाकि रकम दिल बहादुर जस्तै दुखमा परेकाको उद्दार,सहयोगार्थमा लगाउने उद्दार समितिका सचिब जिबन रोकाले बताएका छन् ।

हेर्नुहोस भिडियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...