News Portal

एनआरएनए पोल्याण्डका कोषाध्यक्ष खड्काद्वारा राजीनामा

हिमालीसंचार संवाददाता
४८२ पटक

पोल्याण्ड – एनआरएनए पोल्याण्डका कोषाध्यक्ष भीमबहादुर खड्काले राजीनामा दिएका छन्। संस्था विधान अनुसार नचलेको भन्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन्। खड्काले जारी गरेको विज्ञप्तिमा संस्थाको विधान अनुसार गरिएको कारबाहीलाई बैठक नै नबोलाई कार्यसमितिलाई बन्दी बनाएको, संस्थालाई विधान बमोजिम सञ्चालन गर्नुपर्छ भन्दा सुनुवाइ नभएको, संस्थाको २०२१ फेब्रुअरी २८ मा भएको साधारणसभा विधान बमोजिम नगरिएको उल्लेख गरेका छन्।

खड्काले भने, “एनआरएनए आइसीसी सदस्य डा बोधराज सुवेदीले डिनर र अनौपचारिक छलफलका लागि बोलाएर संस्थाको हित बिपरित लागेका युवा संयोजक भीम परियारलाई गरिएको कारबाही फुकुवा गर्ने र त्यहिं एउटा एक पन्ने कागजमा लेखेर केन्द्रमा पठाउनु खेदजनक छ। कारबाहीबाट फुकुवा हुने भए संस्थाको बैधानिक बाटोबाट कार्यसमितिबाट गरिनुपर्छ। समिति भन्दा बाहिर अदृश्य र अमुक व्यक्तिको चाहनामा गरिने हरकतसंग किमार्थ सहमत हुन सकिँदैन। साधारणसभामा युवा संयोजकको बिषयमा छलफलको बिषय बनाउन खोज्दा बिषय नै प्रवेश गर्न दिइएन,अवैधानिक तरिकाले गरिएको साधारणसभाको खारेजीको लागि कानुनी प्रक्रियामा जाने तयारी गरिरहेको छु”।

यता एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदीले एनआरएनए पोल्याण्डमा रहेका समस्या समाधान गरिने बताए। तर बाहिर प्रचार गरिए जस्तो युवा संयोजकलाई भएको कारबाहीलाई कार्यसमितिले फिर्ता नगरेको बताए। यदि उनको कारबाहीलाई कार्यसमितिको बैठकले फुकुवा गर्ने निर्णय अनुमोदन गर्यो भने एनआरएनए पोल्याण्डले आधिकारिक रुपमा जानकारी गराउने बताए।

कोषाध्यक्ष भीमबहादुर खड्काको राजीनामा पत्र आएको तर उनलाई यसबारे पुनर्विचार गर्न आफूले अनुरोध गरेको बताए। बर्खास्त गरिएका एनआरएनए पोल्याण्डका युवा संयोजक भीम परियारले भने आफूलाई गरिएको कारबाही एनआरएनए पोल्याण्डले फिर्ता लिएको बताए। उनले यस अघि नै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यही आसयको स्टाटससमेत लेखेका छन्।

एनआरएनए पोल्याण्डले युवा संयोजक परियारलाई संस्थाको हितविपरीत लगातार लागेको, पदको दुरुपयोग गरेको, कार्यसमितिको अपमान गरेको, संस्थामा कुनै छलफलनै नगरी अरु कसैको निर्देशनमा संस्थाको गरिमा गिराउने गतिविधि गरेको, अध्यक्षलाई पदबाट हटाउन हस्ताक्षर संकलनमा संलग्न भएको, कोरोना भाइरसको महामारीको समयमा कार्यसमितिमा कुनै छलफल नै नगरी पोल्याण्डमा रहेका नेपालीहरुको तथ्यांक संकलन जस्तो संवेदनशील र जटिल विषय झिकेर विवाद निम्ताएको लगायतका गम्भीर आरोपहरु लगाउँदै १६ अगस्त २०२० मा बर्खास्त गरेको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...