News Portal

गण्डकी प्रदेशको साझा संकल्प, कोभिड-१९ नियन्त्रण र रोकथामका लागि एक ढिक्का

हिमालीसंचार संवाददाता
४८५ पटक

काठमाण्डौ – सत्तारुढ नेकपाको खिचलो बढिरहेको बेला गण्डकी प्रदेशको बेग्लै चर्चा बढेको छ । केन्द्रमा नेता विभाजनतिर लाग्दा प्रदेश सरकार धरमराएका छन् । बाग्मती र प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेका छन् । ती प्रस्तावमाथि अब बस्ने प्रदेश संसदमा छलफल हुनेछन् ।

केन्द्रको विवादले गण्डकी प्रदेशलाई खासै छोएन अर्थात नेकपामा शीर्ष नेताबीच झगडाको असर कम्तीमा गण्डकीमा परेको छैन ।त्यसको केन्द्रविन्दूमा छन् पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री ।

पार्टीभित्र जे सुकै लाइन भएपनि ती प्राय सबै उनकै पक्षमा छन्, अचम्म त के भने कांग्रेससहितका विपक्षी पनि उनी विरुद्ध मोर्चाबन्दीमा छैनन् । मुलुकमै पहिलोपटक प्रदेश सभामा विशेष अधिवेशन बोलाउन यस विषयको रोचक पक्ष हैन, खास कुरा त सत्तारुढ नेकपामा यति ठूलो रडाको मच्चिँदा गण्डकीमा सरकार र प्रतिपक्ष एकै ठाउँमा छन्। दाहाल नेपाल पक्षको के कुरा ! मुख्यमन्त्री गुरुङ नेतृत्वको नेकपा र प्रतिपक्ष कांग्रेसले यो अधिवेशनमा कोभिड नियन्त्रण र रोकथामका लागि साझा संकल्प प्रस्ताव ल्याएका छन्।

विपक्षीले कि त उनलाई समर्थन नै गरेका छन्, कि मौन बसेर सघाइरहेका छन् । किन यस्तो अवस्था आयो ? गुरुङको कार्यशैली, कुशलता र क्षमताका कारण यो सम्भव भएको हो ? वा अरु केही कारण ? यसको सिधा जवाफ पाउन गण्डकी प्रदेश र यहाँ नेतृत्व गरिरहेका गुरुङको कामको पृष्ठभूँमी बुझ्नुपर्ने हुन्छ ।

२०७४ सालको स्थानीय तहको चुनाव ताका एमाले र माओवादीबीच मित्रता कमै थियो । एकताको कुनै गुन्जायस प्रदेशमा थिएन । साविक माओवादी केन्द्रले नेपाली कांग्रेससँग गठबन्धन गरी चुनावमा उम्मेदवार खडा ग¥यो । ७७ मध्ये एउटा जिल्लाचाहिँ त्यो गठबन्धनभन्दा अलग थियो, लमजुङ । त्यहाँ साविक एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भयो। फलत ८ वटा स्थानीय तहमध्ये ५ वटामा वामपन्थीले बाजी मारे ।

एमाले र माओवादी केन्द्रबीच पहिल्यै चुनावी तालमेल गर्ने सूत्रधार तत्कालीन एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ थिए । गुरुङले गृहजिल्लामा स्थानीय तहमै वामपन्थी एकता गरेर देखाएको बाटोमै फलत दुई पार्टी आए र, त्यसै वर्षको प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा चुनावी गठबन्धन भयो । पार्टी एकताको गाँठो बाँधे । चुनावी गठबन्धनले दुई पार्टीलाई झन्डै दुईतिहाई बहुमत प्राप्त भयो । एमाले र माओवादी केन्द्र विघटित भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो ।

दुई पार्टीको एकताको गाँठो अहिले आएर चुँडिँदा पनि गुरुङले नेतृत्व गरेको प्रदेशमा भने फरक दृश्यहरु छन् । त्यसो त नेकपाका शीर्ष नेतृत्वलाई मिलाउन, पार्टी विभाजन हुन नदिन उनी लगातार प्रयासमा थिए, लागिरहेकै देखिन्छन् । शीर्ष नेताको मत नमिल्दा काठमाडौंमा २ जना मुख्यमन्त्री केन्द्रीय राजनीतिमा देखिन्थे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकीका गुरुङ । दुवै जना मुख्यमन्त्रीको सक्रियताको प्रशंसा समेत भएको थियो ।

प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेलगत्तै साविक माओवादीबाट प्रतिनिधित्व गर्ने र माधव नेपाल निकट मन्त्रीहरुले सरकार छाडे । ७ सदस्यीय गुरुङ सरकारमा रहेका २ जना साविक माओवादीका मन्त्री अझै उनको साथमा छन् । गण्डकीमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले समेत अविश्वास प्रस्ताव नल्याउने भनेर विज्ञप्ति नै जारी ग¥यो । साविक माओवादीका मन्त्रीमात्रै हैन, दाहाल नेपाल समूहका सांसदले पनि गुरुङको विरोध गरेका छैनन् ।

संघमा सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको राष्ट्रिय जनमोर्चाले गण्डकीमा पृथ्वी सुब्बा गुरुङलाई समर्थन गरिरहने प्रष्ट गरिसकेको छ । यसै पनि जनमोर्चाको समेत साथ हुँदा गुरुङले विश्वासको मत लिँदा दुई तिहाईभन्दा बेसी सांसदको साथ पाएका थिए ।

गण्डकी प्रदेशमा ६० जना सांसद छन् । साविक एमालेका २८ जनामध्ये २७ जना त उनकै पक्षमा छन् । केन्द्रमा समेत उनीहरुले ओली नेतृत्वलाई सघाउनेछन् । माधव नेपाल पक्षमा एक जना इन्द्रलाल सापकोटा मात्र हुन् । साविक एमाले र जनमोर्चाका ३ जना गरी गुरुङको पक्षमा ३० जना हुन्छ ।

राजमोले मात्रै हैन जनता समाजवादी पार्टी पनि गण्डकीमा गुरुङ सरकारलाई साथ दिने तयारी गरेको छ, यहाँका २ सांसद सरकारको पक्षमा छन्, तर केन्द्रबाट निर्देशन नआएकाले मुख खोल्न सकेका छैनन् । मुख्यमन्त्री गुरुङले जसपाका ती २ सांसदको मन जितेका छन् । केन्द्रमा प्रधानमन्त्री ओलीविरुद्ध आगो ओकलिरहने जसपाका नेता डा.बाबुराम भट्टराई गण्डकी प्रदेशमा भने गुरुङको केही विरोध गर्न सक्दैनन् ।

साविक माओवादीबाट १२ जना छन् । ती मध्ये रामबहादुर थापा, बादल पक्षधर आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान सहित ४ जना छन् । बादलले केन्द्रमा ढिलो खुलेकाले उनीहरु तत्काललाई कतै नखुलेपनि मुख्यमन्त्रीको नेतृत्वमा उनीहरुको विरोध छैन, एक नेताले खुलानेपाललाई बताए ।माओवादीका बाँकी सांसदहरु समेत आक्रमक रुपमा विरोधमा देखिएका छैनन् । गालीगलौज पनि छैन । आफू निरन्तर जनताको सुखदुखमा साथ दिन लागिपरेको सबै पार्टीका नेता, कार्यकर्ताले देखेको, जनताले नजिकबाट चिन्न पाएकोले पनि प्रदेशमा सबैको साथ मिलेको प्रतिक्रिया गुरुङले खुलानेपाललाई दिए ।

भाषण होइन, जनतालाई काम चाहिएको छ । मैले जनता खुशी पार्न अधिकतम प्रयास गरेको छु । त्यसका लागि सबै तहका र सबै दलका नेतालाई समन्वव गरेर अघि बढेको छु । जनताको पक्षमा, विकास र समृद्धिको पक्षमा काम भए सबैले मन पराउने हुन् । मैले यो पक्ष राम्ररी बुझेको छु, मुख्यमन्त्री गुरुङले भने ।

अहिले प्रतिनिधि सभा छैन, राष्ट्रिय सभाको अधिवेशन पनि अन्त्य भइसक्यो । अन्तका प्रदेश सभा चालु छैनन् । गण्डकी प्रदेश सभा भने चालु छ । त्यो पनि विशेष अधिवेशन चलिरहेको छ । त्यसमा कांग्रेसको समर्थन छ । कांग्रेसको यो प्रदेशमा १५ सांसद छन् ।

पृथ्वीसुब्बा गुरुङ अहिले आएर मात्रै सरकारमा बलियो देखिएका हैनन्, पहिल्यैदेखि प्रतिपक्ष लगायतका सांसदहरुको मन जित्दै आएका थिए, त्यसैले विरोधको तारो भएनन् । त्यतिमात्रै हैन, गण्डकी प्रदेशका थुप्रै जनप्रतिनिधिलाई ओली नेतृत्वकै नेपाल कम्युनिस्ट पार्टीमा राख्न गुरुङ सफल छन् । पार्टीमा उनी स्थायी कमिटी सदस्य मात्रै हैनन् गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी पनि उनकै काँधमा छ । एकातिर सरकारलाई बलियो पार्ने र अर्कातिर पार्टीबाट चोइटिएर जान नदिन कार्यकर्तालाई जोगाइराख्ने भूमिका दह्रो गरी निर्वाह गरेका छन् । फलतः गण्डकीका थुप्रै स्थानीय तहका जनप्रतिनिधि ओली नेतृत्वको नेकपाभित्र समेटिएका छन् ।

साविक माओवादीको पोलिटब्युरो सदस्य तथा लमजुङका नेता मोहनहरि पौडेलले गुरुङलाई साथ दिइसकेका छन् । साविक एमालेमा छँदा माधव नेपाल नजिक भनिएका संविधान सभा सदस्यद्वय जमिन्द्रमान घले र भीष्म अधिकारी नेपाल दाहाल समूहतिर लागेनन्, पृथ्वीसुब्बाले अड्याए ।

बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल पनि नेपाल निकट हुन्, जसले एमालेको नवौं अधिवेशनमा ओलीको विपक्षमा खुलेरै अभियान चलाएका थिए, अहिले भने माधव नेपाल समूहलाई उनले पत्याएनन्, पत्याए त केवल आफ्नै जिल्लाका नेता पृथ्वीसुब्बा गुरुङलाई र लागे ओली नेतृत्वको नेकपातिरै ।लमजुङका ८ पालिकामध्ये नेकपाको कमिटीका सबैजसो अध्यक्ष सचिव लगायत पदाधिकारी र सदस्यले पृथ्वीसुब्बालाई साथ दिइसकेका छन् ।

गृहजिल्लामात्रै हैन, प्रदेशभरि पृथ्वीसुब्बाको प्रभाव देखिएको छ । साविक माओवादीका र साविक एमालेमा छँदा नेपाल पक्षका नेता कार्यकर्ता ओली नेतृत्वकै नेकपामा आइरहेका छन्, जसको कारण भने मुख्यमन्त्री गुरुङ नै हुन् । मनाङ, मुस्ताङमा चुनावका बेला पार्टी प्रवेश गराई साविक एमालेलाई जिताउन सकेका थिए । केन्द्रमा ओली पक्षधर उनले गण्डकी प्रदेशलाई करिब करिब ओलीमय नै बनाउन सफल भएका छन् । राष्ट्यि सभामा प्रतिनिधित्व गर्ने अधिक सदस्य ओली पक्षकै छन् ।

गुरुङसँग यतिधेरै आकर्षण हुनुको कारण उनको नेतृत्व क्षमता नै रहेको निकटकाहरु सुनाउँछन् । जसले उनको संगत गर्छ, तुरुन्तै आकर्षित हुन्छ । बुझक्की र भुक्तभोगीहरु भन्छन्, ‘पृथ्वीसुब्बा विद्वान छन्, असल र निष्ठावान पनि हो,’ ती नेताको मूल्यांकन छ, ‘पहिल्यै नेपाल सरकारको पर्यटन मन्त्री भइसकेका उनी निष्कलंकित छन् । फरासिला छन्, जो कोही कार्यकर्ता र जनतासँग तुरुन्तै भिज्न सक्छन् ।’

निर्भीकता उनको अर्को विशेषता हो । दुरदृष्टि राख्ने उनको क्षमता भएको एउटा उदाहरण एमाले र माओवादी मिल्नु अघि नै उनले स्थानीय तह निर्वाचनमा गराएको गठबन्धनले पेस गरिसकेको छ । ७ मध्ये गण्डकी प्रदेशलाई अब्बल पार्न उनकै दुरदृष्टिले योगदान गरेको छ र त्यसैले प्रतिपक्ष कांग्रेसको पनि मन जितेका छन् ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...