News Portal

  • पत्नी घुमाउन सरकारी गाडी दुरुपयोग गर्दै पाल्पाका जनप्रतिनिधि

    हिमाली संचार संवाददाता
    ४५७ पटक

    पाल्पा – पाल्पा जिल्लामा सरकारी कार्यालयका सवारी साधनको दुरूपयोग बढेको छ । कम्युनिस्ट सरकारले सरकारी सम्पत्ति दुरुपयोग रोक्ने धेरैको अनुमान थियो । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले यतातिर ध्यान नदिएको स्थानीयको गुनासो छ ।

    सरकारी कार्यालयका कर्मचारीले बिदाका दिनमा समेत सरकारी गाडी प्रयोग गरिरहेको खुलासा भएको हो । बिदाका दिन व्यक्तिगत काम, पारिवारिक जमघट, पत्नीलाई घुमाउन, साथी घुमाउन, मन्दिरमा लाग्ने मेला, क्लब र संघसंस्थाका कार्यक्रममा सहभागी हुन सरकारी गाडी प्रयोग गरेको भेटिएको छ ।

    प्रहरीका अनुसार बिदाका दिनमा सरकारी अधिकारी र कर्मचारीले गाडी दुरूपयोग गरेको भेटिएको छ ।

    उनीहरू पारिवारिक काममा हिँडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । राजमार्गमा जाँच गर्न बसेका प्रहरीका अनुसार कतिपय सरकारी कर्मचारीले साथी राखेर सरकारी साधनमा घुमाउन लगेको पनि भेटिएका छन् ।

    व्यक्तिगत कामका लागि बिदाको दिन सरकारी गाडीमा हिँड्नेलाई तीन सातादेखि प्रहरीले रोक्ने अभियान थालेको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।

    कालीगण्डकी गाउँपालिका गुल्मी, तानसेन नगरपालिका, माथागढी गाउँपालिका, तानसेन नगरपालिका १४, अर्गली वडा कार्यालयका सवारीसाधन दुरूपयोग गरेको भेटिएका थिए ।

    गुल्मीका धुर्कोट गाउँपालिका, दरबार देवीस्थान गाउँपालिका र पाल्पाको रम्भा गाउँपालिकाका सरकारी नम्बर प्लेटका सवारीसाधन तानसेन र सिद्धार्थ राजमार्गमा शनिबारका दिन चलाएको अवस्थामा भेटिएका हुन् ।

    सरकारी गाडी दुरूपयोग गर्ने सरकारी कार्यालयमा नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्र, जिल्ला समन्वय समिति पाल्पा, जिल्ला पशु सेवा कार्यालय, जिल्ला तथ्यांक कार्यालय, गुल्मी रहेका छन् । रिपब्लिकदैनिक

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    प्रतिकृया दिनुहोस्

    कैलालीका युवाहरु कोरोना रोकथाम अभियानमा सक्रिय

    बौनिया,कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरका युवाहरु कोरोना संक्रमण रोकथामको अभियानमा सक्रिय बनेका छ्न...

    नेपालमा कोरोना भाइरस   संक्रमितको संख्या ९ पुग्यो

    काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र...

    अस्ट्रेलियाका प्रधानमन्त्रीले आफ्नै देश फर्कन भने पछि नेपाली विधार्थी अन्यौलमा

    काठमाण्डौ । विश्वका विभिन्न देशबाट उच्च शिक्षाका लागि अस्ट्रेलियामा अध्ययनरत विधार्थीहरुलाई समस्या भए आआफ्नो देश...

    एनआरएनएले गर्‍यो मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन

    गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित...

    बाँकेमा रगत अभाव कम गर्न रक्तदान कार्यक्रम

    नेपालगन्ज : कोरोना भाइरसका कारण यतिबेला देशपुरै लकडाउन छ। देशभर कोरोनाको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।