News Portal

ओलीको “अरिंगाल काण्ड” मा कांग्रेसको आपत्ति

हिमाली संचार संवाददाता
७८४ पटक

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीले आफ्ना विरोधीहरुविरुद्ध अरिंगालको गोलो खनिए झैँ खनिन कार्यकर्तालाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।

आइतबार जनकपुरमा आयोजित कार्यक्रममा उपसभापति निधिले प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धति अनुसार वैचारिक र राजनीतिक प्रतिवादको कुरा नगरी कार्यकर्तालाई उत्तेजित बनाएर आतंक मच्चाउन खोजेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई जर्मन तानाशाह हिट्लर र युगाण्डाका इदी अमिनको जस्तै अन्तारष्ट्रिय मानवता विराधी अपराध जस्तै भएको आरोप लगाए ।

लोकतान्त्रिक शासन व्यवस्थामा संविधान र कानुन बमोजिम राज्य संचालनको जिम्मेवारी लिएर बसेको प्रधानमन्त्रीले आफ्ना विरोधीहरुविरुद्ध अरिंगालको गोलो खनिए झैँ खनिँदै आक्रमण गर्न र उनीहरुलाई परास्त गर्न आदेश दिएर अन्तर्राष्ट्रिय मानवता विराधी गतिविधिलाई प्रोत्साहन गरेको दाबी निधिले गरे ।

जंगली विषालु किराको रुपमा परिचित अरिंगालको उदाहरण दिँदै ओलीले भनेका थिए, ‘त्यसकारण हामी एकजुट एउटा अरिंगाललाई चलाउनु भयो सिंगै गोलो खनिन्छ । कहिले काहीँ यस्तो लाग्छ त्यो अरिंगालको जत्ति पनि बुद्धि छ कि छैन हामीसँग रु अरिंगालको गोलोमा एउटालाई मार्यो भने सिंगै गोलो त्यसविरुद्ध खनिन्छ ।’

प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई निधिले अरिंगाल आक्रमण भन्नु सानो विषय नरहेको भन्दै यसबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो नलिए उसको औचित्य पनि समाप्त हुने दाबी गरे।

अन्तर्राष्ट्रिय यद्धमा पनि हिट्लरको ग्याँस च्याम्बर र युगाण्डाका शैनिक तानाशाह इदी अमिनले गरेको मानवता विराधी यताना जस्तै जंगली विषालु किराको प्रयोग पनि मानवता विरोधी युद्ध अपराध नै भएको बताउँदै उनले ओलीको अभिव्यक्तिले उनी हिट्लर र इदी अमिन जस्तै बन्न खोजेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले नै आफ्ना कार्यकर्ताहरुलाई अरिंगालको गोलो जस्तै विराधीमाथि खनिन दिएको आदेशपछि उत्पन्न हुन सक्ने विषालु आक्रमणबाट सर्वसाधारण जनताको रक्षा गर्ने उपायको खोजी गर्न पनि निधिले आग्रह गरेका थिए। मिडियाडबली

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...