News Portal

ओलीको “अरिंगाल काण्ड” मा कांग्रेसको आपत्ति

हिमाली संचार संवाददाता
८४८ पटक

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीले आफ्ना विरोधीहरुविरुद्ध अरिंगालको गोलो खनिए झैँ खनिन कार्यकर्तालाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।

आइतबार जनकपुरमा आयोजित कार्यक्रममा उपसभापति निधिले प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धति अनुसार वैचारिक र राजनीतिक प्रतिवादको कुरा नगरी कार्यकर्तालाई उत्तेजित बनाएर आतंक मच्चाउन खोजेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई जर्मन तानाशाह हिट्लर र युगाण्डाका इदी अमिनको जस्तै अन्तारष्ट्रिय मानवता विराधी अपराध जस्तै भएको आरोप लगाए ।

लोकतान्त्रिक शासन व्यवस्थामा संविधान र कानुन बमोजिम राज्य संचालनको जिम्मेवारी लिएर बसेको प्रधानमन्त्रीले आफ्ना विरोधीहरुविरुद्ध अरिंगालको गोलो खनिए झैँ खनिँदै आक्रमण गर्न र उनीहरुलाई परास्त गर्न आदेश दिएर अन्तर्राष्ट्रिय मानवता विराधी गतिविधिलाई प्रोत्साहन गरेको दाबी निधिले गरे ।

जंगली विषालु किराको रुपमा परिचित अरिंगालको उदाहरण दिँदै ओलीले भनेका थिए, ‘त्यसकारण हामी एकजुट एउटा अरिंगाललाई चलाउनु भयो सिंगै गोलो खनिन्छ । कहिले काहीँ यस्तो लाग्छ त्यो अरिंगालको जत्ति पनि बुद्धि छ कि छैन हामीसँग रु अरिंगालको गोलोमा एउटालाई मार्यो भने सिंगै गोलो त्यसविरुद्ध खनिन्छ ।’

प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई निधिले अरिंगाल आक्रमण भन्नु सानो विषय नरहेको भन्दै यसबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो नलिए उसको औचित्य पनि समाप्त हुने दाबी गरे।

अन्तर्राष्ट्रिय यद्धमा पनि हिट्लरको ग्याँस च्याम्बर र युगाण्डाका शैनिक तानाशाह इदी अमिनले गरेको मानवता विराधी यताना जस्तै जंगली विषालु किराको प्रयोग पनि मानवता विरोधी युद्ध अपराध नै भएको बताउँदै उनले ओलीको अभिव्यक्तिले उनी हिट्लर र इदी अमिन जस्तै बन्न खोजेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले नै आफ्ना कार्यकर्ताहरुलाई अरिंगालको गोलो जस्तै विराधीमाथि खनिन दिएको आदेशपछि उत्पन्न हुन सक्ने विषालु आक्रमणबाट सर्वसाधारण जनताको रक्षा गर्ने उपायको खोजी गर्न पनि निधिले आग्रह गरेका थिए। मिडियाडबली

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...