News Portal

बैंकबाट घरकर्जा लिँदा यसरी बचाउन सकिन्छ पैसा

हिमालीसंचार संवाददाता
५५४ पटक

काठमाडौँ – आजकल बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण नलिई घर खरिद गर्ने वा बनाउने कल्पना सायद कमैले गर्न सक्छन्। जीवनको ठूलो बित्तीय जोहो गर्नुपर्ने भएकाले प्रायः सबैलाई बैंकमा नधाई घर बनाउन कठिन हुन्छ।

बैंकबाट ऋण लिने कुरामा पनि सीप हुन जरुरी हुन्छ। यदि तपाईंले ऋण लिने प्रकृयामा पर्याप्त अध्ययन गर्नुभयो भने ठूलो रकम जोगाउन सक्नुहुन्छ। के के कुरामा ध्यान दिँदा ऋणको भार कम पर्छ भन्ने कुरामा हामी तपाइलाई केही जानकारी दिँदैछौं।

१) तपाईंले ऋण लिनुअघि बैंक र वित्तीय संस्थाको आधार ब्याजदर (बेस रेट) तुलना गर्नुहोस्। प्रायः साउनपछि बैंकहरूले घरकर्जाका विभिन्न स्किम (योजना) निकालिरहेका हुन्छन्। स्किम ल्याएको बेलामा तुलनात्मक रूपमा कम मूल्यमा परिन्छ।

२) अरू समयमा पनि कुन बैंकको बेस रेट कम छ, त्यो हेर्न सकिन्छ। कम बेस रेट भएको बैंकबाट ऋण लिइयो भने कम ब्याज दरमा ऋण पाउन सकिन्छ। ईएमआई कम गर्न पनि बेस रेट कम भएको बैंकमा जानुपर्छ। यसरी पनि पैसा बचत गर्न सकिन्छ।

३) नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकहरुले कर्तिक १ देखि घरकर्जामा स्थिर र परिवर्तित ब्याजदर लागू गरेका छन्। बैंक अनुसार स्थिर ब्याजदरका स्किम पनि फरकफरक छन्। तपाईंले बैंकहरुले प्रदान गरिरहेको स्थिर ब्याजदरको तुलना गरेर सबैभन्दा कम स्थिर ब्याजदर भएको बैंकबाट ऋण लिनुभयो भने पनि रकम बचत गर्न सक्नुहुन्छ।

४) हरेकजसो बैंकले ऋण प्रवाह गर्दा सामन्यतया सेवा शुल्क लिन्छन्। पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेवा शुल्कमा क्याप लगाइदिएको छ। अहिले ‘क’ बर्गको बैंकले बढीमा ०.७५ प्रतिशत, ‘ख’ बर्गका विकास बैंकले १ प्रतिशतभन्दा बढी शुल्क लिन पाउँदैनन्। तपाईंले बैंकमा सेवा शुल्कमा बार्गेनिङ गर्न सकिन्छ। बैंकको ‘प्रोसेसिङ फी’ घटाउन सकेमा पनि पैसा बचत हुन्छ। प्रमाणपत्र र क्रेडिट हिस्ट्रीमा मजबुत भएको खण्डमा पनि बैंकसँग ब्याजदर घटाउन बार्गेनिङ गर्न सकिन्छ। ब्याज ०.२५ प्रतिशत मात्र सेवा शुल्क घटाउन सके पनि मोटो रकम बचत हुन्छ।

५) जतिसक्दो धेरै डाउन पेमेन्ट गर्न सकियो, लोनको रकम त्यति नै कम हुन आउँछ। यसले ईएमआई कम गर्छ नै, बैंकलाई ब्याजको रुपमा तिर्नुपर्ने मोटो रकम पनि बचत हुन्छ।

६) तोकिएको समयअघि नै ऋणको आकार घटाउन सकियो भने फाइदा हुन्छ। यसो गर्दा ऋण र ब्याजको बोझ कम हुन्छ। ५० लाख रुपैयाँभन्दा तलको ऋणमा अतिरिक्त शुल्क लाग्दैन। तर, ५० लाख रुपैयाँभन्दा माथिको ऋणमा प्री–पेमेन्ट ऋण रकमको दुई प्रतिशतसम्म अतिरिक्त शुल्क लाग्छ।

७) सबैभन्दा बढी बचत ईएमआईबाट हुन्छ। ईएमआईको अवधि कम गर्न सकेको खण्डमा ब्याजका रूपमा बुझाउने मोटो रकम बचत हुन्छ।

८) कतिपय बैंकले महिलालाई ऋण दिँदा सेवा शुल्क, प्रोसेसिङ फी र ब्याज दरमा छुट दिइरहेका हुन्छन्।

९) बैंक र वित्तीय संस्थाले चाडपर्व, वार्षिकोत्सव, रजत जयन्तीलगायत अवसरमा कर्जामा ब्याज दर, सेवा शुल्कमा छुट दिइरहेका हुन्छन्। बैंकले स्किम ल्याएको बेलामा ऋण लिँदा पनि पैसा बचत गर्न सकिन्छ।

१०) बजारमा विभिन्न प्रकारका घरकर्जा पाइन्छन्। कतिपय बैंकले बेलुनिङ, रिभर्स बेलुनिङ घरकर्जा पनि दिइरहेका छन्। यो ऋण तिर्ने गतिलो विकल्प हुन सक्छ। यो सुविधाले पनि ब्याज दर कम पर्न जान्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...