News Portal

बैंकबाट घरकर्जा लिँदा यसरी बचाउन सकिन्छ पैसा

हिमालीसंचार संवाददाता
६२८ पटक

काठमाडौँ – आजकल बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण नलिई घर खरिद गर्ने वा बनाउने कल्पना सायद कमैले गर्न सक्छन्। जीवनको ठूलो बित्तीय जोहो गर्नुपर्ने भएकाले प्रायः सबैलाई बैंकमा नधाई घर बनाउन कठिन हुन्छ।

बैंकबाट ऋण लिने कुरामा पनि सीप हुन जरुरी हुन्छ। यदि तपाईंले ऋण लिने प्रकृयामा पर्याप्त अध्ययन गर्नुभयो भने ठूलो रकम जोगाउन सक्नुहुन्छ। के के कुरामा ध्यान दिँदा ऋणको भार कम पर्छ भन्ने कुरामा हामी तपाइलाई केही जानकारी दिँदैछौं।

१) तपाईंले ऋण लिनुअघि बैंक र वित्तीय संस्थाको आधार ब्याजदर (बेस रेट) तुलना गर्नुहोस्। प्रायः साउनपछि बैंकहरूले घरकर्जाका विभिन्न स्किम (योजना) निकालिरहेका हुन्छन्। स्किम ल्याएको बेलामा तुलनात्मक रूपमा कम मूल्यमा परिन्छ।

२) अरू समयमा पनि कुन बैंकको बेस रेट कम छ, त्यो हेर्न सकिन्छ। कम बेस रेट भएको बैंकबाट ऋण लिइयो भने कम ब्याज दरमा ऋण पाउन सकिन्छ। ईएमआई कम गर्न पनि बेस रेट कम भएको बैंकमा जानुपर्छ। यसरी पनि पैसा बचत गर्न सकिन्छ।

३) नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकहरुले कर्तिक १ देखि घरकर्जामा स्थिर र परिवर्तित ब्याजदर लागू गरेका छन्। बैंक अनुसार स्थिर ब्याजदरका स्किम पनि फरकफरक छन्। तपाईंले बैंकहरुले प्रदान गरिरहेको स्थिर ब्याजदरको तुलना गरेर सबैभन्दा कम स्थिर ब्याजदर भएको बैंकबाट ऋण लिनुभयो भने पनि रकम बचत गर्न सक्नुहुन्छ।

४) हरेकजसो बैंकले ऋण प्रवाह गर्दा सामन्यतया सेवा शुल्क लिन्छन्। पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेवा शुल्कमा क्याप लगाइदिएको छ। अहिले ‘क’ बर्गको बैंकले बढीमा ०.७५ प्रतिशत, ‘ख’ बर्गका विकास बैंकले १ प्रतिशतभन्दा बढी शुल्क लिन पाउँदैनन्। तपाईंले बैंकमा सेवा शुल्कमा बार्गेनिङ गर्न सकिन्छ। बैंकको ‘प्रोसेसिङ फी’ घटाउन सकेमा पनि पैसा बचत हुन्छ। प्रमाणपत्र र क्रेडिट हिस्ट्रीमा मजबुत भएको खण्डमा पनि बैंकसँग ब्याजदर घटाउन बार्गेनिङ गर्न सकिन्छ। ब्याज ०.२५ प्रतिशत मात्र सेवा शुल्क घटाउन सके पनि मोटो रकम बचत हुन्छ।

५) जतिसक्दो धेरै डाउन पेमेन्ट गर्न सकियो, लोनको रकम त्यति नै कम हुन आउँछ। यसले ईएमआई कम गर्छ नै, बैंकलाई ब्याजको रुपमा तिर्नुपर्ने मोटो रकम पनि बचत हुन्छ।

६) तोकिएको समयअघि नै ऋणको आकार घटाउन सकियो भने फाइदा हुन्छ। यसो गर्दा ऋण र ब्याजको बोझ कम हुन्छ। ५० लाख रुपैयाँभन्दा तलको ऋणमा अतिरिक्त शुल्क लाग्दैन। तर, ५० लाख रुपैयाँभन्दा माथिको ऋणमा प्री–पेमेन्ट ऋण रकमको दुई प्रतिशतसम्म अतिरिक्त शुल्क लाग्छ।

७) सबैभन्दा बढी बचत ईएमआईबाट हुन्छ। ईएमआईको अवधि कम गर्न सकेको खण्डमा ब्याजका रूपमा बुझाउने मोटो रकम बचत हुन्छ।

८) कतिपय बैंकले महिलालाई ऋण दिँदा सेवा शुल्क, प्रोसेसिङ फी र ब्याज दरमा छुट दिइरहेका हुन्छन्।

९) बैंक र वित्तीय संस्थाले चाडपर्व, वार्षिकोत्सव, रजत जयन्तीलगायत अवसरमा कर्जामा ब्याज दर, सेवा शुल्कमा छुट दिइरहेका हुन्छन्। बैंकले स्किम ल्याएको बेलामा ऋण लिँदा पनि पैसा बचत गर्न सकिन्छ।

१०) बजारमा विभिन्न प्रकारका घरकर्जा पाइन्छन्। कतिपय बैंकले बेलुनिङ, रिभर्स बेलुनिङ घरकर्जा पनि दिइरहेका छन्। यो ऋण तिर्ने गतिलो विकल्प हुन सक्छ। यो सुविधाले पनि ब्याज दर कम पर्न जान्छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...