News Portal

सांसद राजेन्द्र लिङ्देनले झापा जिल्लाका मुख्य अस्पतालहरूको अनुगमन गर्ने

हिमालीसंचार संवाददाता
४२५ पटक

झापा – झापा जिल्ला राप्रपाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका झापा जिल्लाका सांसद राजेन्द्र लिङ्देनले झापा जिल्लाको अस्पतालहरूको अनुगमन गर्न निस्कने बताएका छन्। 

कोरोना कहरबीच सामान्य र दीर्घरोगका बिरामीहरूले समेत उपचार नपाई ज्यान गुमाउनु पर्ने अवस्था आइरहेको भन्दै लिङ्देनले कार्तिक १३ गतेदेखि जिल्लाका अस्पतालहरूको अनुगमनमा जान लागेको सामाजिक संजाल फेसबुक मार्फत बताएका छन् ।

सांसद लिङ्देनले सामाजिक सञ्जालमार्फत जनताको प्रतिनिधि भएर जनताले पाइरहेको दुःख हेरेर बस्न नसक्ने भन्दै झापाका मुख्य अस्पतालहरूको अनुगमन गर्ने बताएका हुन् ।

अस्पतालहरूका व्यवहारप्रति गम्भीर बन्न तीन वटै तहको सरकार, सरोकारवाला निकायको सांसद लिङ्देनले ध्यानाकर्षणसमेत गराएका छन् । लिङ्देन संसदको विकास तथा प्रविधिसमितिका सदस्य समेत रहेका छन् । लिङ्देनले अनुगमनका क्रममा पाएका विषयलाई सरकारसम्म पुर्‍याउने पनि योजना बनाएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...