News Portal

रंगेली अस्पताल परिसरमा चिकित्सकहरुको मदिरासहितको भोज

हिमालीसंचार संवाददाता
१७९३ पटक

माेरङ – माेरङकाे रंगेली अस्पतालमा रहेका दरवन्दीका चिकित्सकहरु अस्पताल परिसरभित्र गैरजिम्मेवार बन्दै गएका छन्। अस्पताल हाताभित्र चिकित्सकहरुले बिहीबार मध्यरातमा नर्सिङ क्वाटरमा बाहिरी चिकित्सकसहित निजी औषधी व्यापारीलाई राखेर मदिरा पिएर मनोरञ्जन गरेको खुलेको छ।

बिहीबार रंगेली अस्पतालका दरवन्दीका डा.रोशन झाको जन्मोत्सवमा मदिरासहितको भोज आयोजना गरी गैरजिम्मेवार कार्य अस्पताल हाताभित्र चिकित्सकहरुले देखाएका हुन्। अस्पताल भित्र मध्यरातमा बाहिरी मान्छेहरूलाई नर्सिङ क्वाटरमा राखेर निषेधित गतिविधी आयोजना गरेका थिए।

उक्त बिषयमा अस्पताल परिसरमा निषेधित हुनु गलत भएको अस्पताल विकास समितीले जनाएको छ। बिहीबार राति अस्पतालमा सेवा लिन पुगेका स्थानियहरुले डाक्टरहरु मस्ती गरेर गैरजिम्मेवार बनेको भन्दै विरोध गरेपछी अस्पताल अशान्तसमेत बनेको थियो।

सो क्रममा नर्सिङ क्वाटरमा पाटी मनाउन पुगेका निजी क्लीनिकका डा.अशोक ठाकुर लुकेका थिए भने, औषधी व्यापारी उमेश ताजपुरीयालगायत अस्पताल परिसर छाडेर भागेको स्थानीय युवा उषन खड्काले बताए।

अस्पताल हाताभित्र मदिरा र सुर्तीजन्यवस्तु सेवन गर्न निषेध हुन्छ तर, रंगेली अस्पतालमा भने खुलेआम विभिन्न मनोरन्जनको बहानामा चिकित्सकहरुले नै मदिरा सेवन गर्ने गरेकाेे खड्काले बताए।

सो मनोरन्जन पाटिमा विराट मेडिकल कलेजमा कार्यरत हाडजोर्नीका डा.अजय महतोसहित रंगेली अस्पतालका दरवन्दिका चिकित्सक रहेका थिए। यस्तो गतिबिधि शुक्रबार बाहिरिएपछि डाक्टरहरुले आफुहरु असुरक्षित महसुस भएको भन्दै काेराेनाकाे माहामारीमा डिउटि राेष्टमसमेत छाडेर भागेका छन।

प्रतिकृया दिनुहोस्

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...