News Portal

झापाका मनकुमार लिम्बूले गरे आफ्नै साथीको हत्या !

हिमाली संचार संवाददाता
९९३ पटक

राधा खनाल/झापा – झापाको शिवसताक्षी नगरपालिका-११ का २९ वर्षीय गोमनसिंह मगर र उनका साथी बच्चैदेखि सँगै खेल्दै हुर्केर बैदेशिक रोजगारमा पनि सँगै गएका थिए। अन्ततः तिनै मिल्ने साथिको हत्या उनकै साथी शिवसताक्षी नगरपालिका ८ बस्ने ३२ वर्षीय मनकुमार लिम्बूले गरेको खुलेको छ।

हत्या गरेकै दिन १६ गते साँझ पनि उनीहरु दुवै जना प्रदेश १-१-१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा बेलुकाको हावा खान निस्केका थिए। मृतक गोमन सिंह मगरले चलाएको मोटरसाइकलमा एक किलोमिटर उत्तरमा रहेको रतुवामाईतिर पछाडि बसेर गएका उनकै साथी लिम्बूले शिवसताक्षी मन्दीरतिर मोडिने ठाउँमा पुगेपछि पछाडिबाट कर्द प्रयोग गरी हत्या गरेका थिए।

मोटरसाइल रोकेर मृतक मगरले प्रतिकार गर्न खोज्दा मनकुमारले मगरलाई जंगलमा लगेर घाँटीमा प्रहार गरेका प्रहरीले बताएको छ। मरेको भन्ने पक्का भएपछि शव नालीमा फालेर घर गई मादकपदार्थ सेवन गरी सुतेको प्रहरी समक्ष लिम्बूले बताएका छन्।

आरोपित लिम्बूले हत्यापश्चात् उनको साथमा बोकेको आइफोन मोबाईल, धारिलो हतियार कर्द र आफ्नो मोबाइल झिलझिलेको खोलामा फालेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भने, ‘हत्यारा घटना भएकै भोलिपल्ट पक्रेका थियौँ। हत्याराले प्रयोग गरेका सबुद र प्रमाण खोजी गर्दा ३ दिन समय लागेको हो।

कोइरालका अनुसार प्रमाण जुटाउन प्रहरी, स्थानीय जन प्रतिनिधि र स्थानीय मानिसको सहयोगमा स्काभेटर प्रयोग गरी बाँध बनाइ पानी सुकाएर खोजी गरिएको थियो। खोलाको बगरमा मृतकले चलाउने गरेको आइफोन मोबाइल, हत्या गर्न प्रयोग भएको धारिलो हतियार कर्द र अभियुक्त मनकुमार लिम्बुले चलाउने गरेको मोबाइल टुटे फुटेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

कोइरालाका अनुसार अनुसन्धान जारी नै रहे पनि प्रारम्भिक अनुसन्धानको आधारमा हत्या गर्नुको कारण आर्थिक लेनदेन र लेनदेनकै क्रममा असमझदारी भइ बढ्दै गएको मनमुटाव हो।

हालसम्म लिम्बूले भने आफू एक्लैले हत्या गरेको बताउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। थापाका अनुसार २ दिनदेखि लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान गरिएको थियो। प्रहरीको अनुसन्धानबाट खुले अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए। अभियुक्त लिम्बू पनि बहराइनबाट फर्किएका हुन्। दुवैको पारिवारिक रुपमा समेत राम्रो चिनचान रहेको छ।

अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली, जिल्ला प्रहरी कार्यालय झापाको टोली, धरानबाट डग शाखाको केनाइन टोली समेत घटनास्थलमा झिकाइ खोजतलास गरिएको थियो।

अभियुक्त मन कुमार लिम्बुलाई आइतबार झापा जिल्ला अदालतबाट म्याद थप अनुमती लिइने छ। उनले गरेको कसुर मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही दफा बमोजिम जन्म कैदसम्मको सजाय हुने सक्ने कानुनी व्यवस्था रहेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...