News Portal

  • हेर्नुहोस आज साउन २३ गते शुक्रबारको राशिफल

    हिमाली संचार संवाददाता
    ४२० पटक

    वि.सं.२०७७ साल साउन २३ गते शुक्रवार | सन् २०२० अगस्ट ७ तारीख | नेपाल संवत ११४०

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ। खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा खर्च हुनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय त्यति प्रतिकूल भने छैन। शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    परिस्थिति अनुकूल नभए पनि मिहिनेतकाे नतिजा राम्रै हुनेछ। कामकाे चाप बढ्ने समय छ। स्वास्थ्य कमजोर रहनाले लामो समय काममा जुट्न नसकिएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। पेसातर्फ आंशिक लाभका साथै सकारात्मक संकेत प्राप्त हुनेछ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ला। हल्लाको पछि लाग्दा अलमल हुनेछ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउनलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। अवसर बाहेक हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा पुग्नेछ। तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...