News Portal

नेपाली सहयोगी हातहरु, मकाउद्वारा दोस्रो चरणको रक्तदान कार्यक्रम सम्पन्न

पाँचौ रक्तदाता पुष्कर दुलाल, दशौ रक्तदाता डम्बर बहादुर गुरुङलाई ब्लड बैंकको उपहार

हिमाली संचार संवाददाता
६६५ पटक

मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले पहिलो चरण अन्तर्गतको रक्तदान कार्यक्रम जुलाई ११ तारिख, आज दोस्रो चरण अन्तर्गतको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मकाउमा एक दिनमा २० जना भन्दा धेरै रक्तदाताहरुले रक्तदान दिन नमिल्ने हुदा दुई चरणको कार्यक्रम राखिएको हो ।

मकाउमा नेपाली समुदायले रक्तदान जस्तो पुण्य, पवित्र र जीवनदान जस्तो महत्वपूर्ण कार्यक्रममा पाँचौ पटक रक्तदान दिनु हुने पुष्कर दुलाल र दशौ पटक रक्तदान दिनु हुने डम्बर बहादुर गुरुङलाई अध्यक्ष थापा मगरले विशेष धन्यवाद दिएका छन्, भने ब्लड बैक मकाउले समेत ब्लड डोनर पुष्कर दुलाल र डम्बर बहादुर गुरुङलाई उच्च सम्मान गर्दै बिशेष उपहार प्रदान गरेको छ । 

रक्तदान कार्यक्रममा सहभागी अन्य रक्तदाताहरुलाई समेत अध्यक्ष थापा मगरले विशेष धन्यवाद व्याक्त गरेका छन् ।  यसरी मकाउमा नेपाली समुदायको सामाजिक कार्यमा उल्लेखित सहभागिता रहेको देख्दा अध्यक्ष थापा मगरले खुशी व्याक्त गरेका हुन् । 

नेपाली सहयोगी हातहरु, मकाउले गठन भएको छोटो समयमा मकाउमा रहेका नेपाली समुदाय र स्थानीय मकाउका विभिन्न तह सम्म आफ्नो परिचय दिनका लागि नेपाली सहयोगी हातहरु, मकाउले आफ्नो उदेश्य रहेको पनि अध्यक्ष थापा मगरले जानकारी दिएका छन् । हाल यो संस्थाले बृहत् रुपमा आफ्नो सदस्यता विस्तार गरिरहेको छ ।

 संस्थाले स्थापना गरेको छोटो समयमा खेलकूद आयोजना समेत गरेको थियो । गत में ३१ मा बुद्धिचाल र व्याटमिनटन खेल आयोजना समेत सम्पन्न गरेको थियो । मकाउमा नेपालका धेरै राष्ट्रीय स्तरका खेलाडीहरु रहेका छन् । निकट भविष्यमा अन्य खेलकूद लगायदका विभिन्न कार्यक्रम समेत आयोजना गर्ने उदेश्य रहेको समेत अध्यक्ष थापा मगरले जानकारी दिएका छन् । 

रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताहरुलाई आगामी जुलाई २६ तारिख प्रमाणपत्र, मेडल र सहभागी सम्पूर्णलाई धन्यवाद स्वरुप नेपाली सहयोगी हातहरु, मकाउको लोगों सहितको टि-कप दिने कार्यक्रम रहेको समेत संस्थाका निर्देशक उदय वाग्लेले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...