News Portal

भारतीय च्यानल बन्द गर्दैमा राष्ट्रवादी हुने हो र ?

राकेश कुमार शर्मा
४९२ पटक

२०७७ असार २६, शुक्रबार
भारतबाट आउने चामल, चीनी, नुन, तेल, सियो, कच्चा पदार्थ, मेसिनरी सामानहरु, पार्टपुर्जाहरु, ग्यास र पेट्रोलियम पदर्थ आदि आदि जस्ता वस्तुहरु बन्द गर्न सकिन्छ ? मोटरसाइकल र गाडी किनेकाहरुले मोटरसाइकल र गाडीहरु त्याग गर्न सक्छन ? आजसम्म प्रयोगमा ल्याइएका सबै भारतीय वस्तुहरु फ्याँक्न सकिन्छ ? अब भारतीय च्यानल कतिन्जेललाई बन्द गर्न सक्छन नाटक हेर्न बाँकी छ ?

जान्ने बुझ्नेहरु कसैले पनि खोक्रो राष्ट्रवाद देखाउनु बेकार छ। खोक्रो राष्ट्रवाद देखाउनाले मुलुकको स्वाधीनता धरापमा पर्न सक्छ ? यसकारण पहिला आत्मनिर्भर बन्न सिकौं।

राष्ट्रियता राजाको पालामा मरिचमान सिंहले देखाएका थिए। आज मरिचमान सिंहलाई कसैले सम्झन्छ ? मरिचमान सिंहको स्वर्गारोहणमा राज्यले एक दिन बिदा दिएन तर जनताहरुले विरोध गरेनन। हामी नेपालीहरु कस्ता छौं भने जुन गोरुको सिंग छैन उसको नाम तिखे भने जस्ता छौं।

मुलुकको स्वाधीनतामा आँच आउने काम कसैले गर्नु हुँदैन। मुलुकमा द्वन्द र दुर्घटनामा परेको खण्डमा जिम्मेवार को ? कसैलाई याद छ की छैन तर मलाई याद छ नेपालमा नाकाबन्दी भएको समयमा कतिपयको चाहना के थियोे भने नाकाबन्दी संधैलाई भयो भने लुकीछुपी सामानहरु ल्याई महँगोमा सामान बेच्न र कमाउन पाइन्छ भन्ने सोच थियो। कोरोना भाइरसको महामारीमा पनि लकडाउनको अवस्थामा पनि मौका छोपी कमाउनेहरुले त कमाउनु कमाए। यो मैले वास्तविक कुरा गरेको हुँ।

भारतीय केही मिडियाहरुले नेपालको सम्बन्धमा गलत कुरा गर्‍यो हाम्रो मुलुकको परराष्ट्र मन्त्रालय के को लागी हो ? भारत को दिल्लीमा रहेको नेपाली राजदुतावास के को लागी हो। फोन गरेर कुराहरू भन्न सक्दैनन ? भारतको परराष्ट्र मन्त्रालय र नरेन्द्र मोदीको नीजी सचिवालयलाई भारतका केही मिडियाहरुले दुई देशको संबंधलाई अनावश्यक रूपमा बिगार्न खोजी रहेको छ भनेर फ्याक्स पठाउन सकिन्छ ? रिपोर्ट गर्न सकिन्छ ? जानकारी गराएर समस्याहरु हल गर्न पनि सकिन्छ ? मैले गरेको कुराहरू कतिपयलाई चित्त नबुझ्न सक्छ र तितो लाग्छ तर मैले वास्तविक कुरा गरेको हुँ। मलाई झुठो र खोक्रो राष्ट्रवाद देखाउनु छैन।

राष्ट्रवादीहरुले भारतीय मोटरसाइकल र गाडीहरू त्रिसुली नदीमा बगाए हुन्छ। भारतीय ग्यास र पेट्रोलियम पदार्थ प्रतिबन्ध गरे हुन्छ। घरहरुमा प्रयोगमा ल्याइने भारतीय वस्तुहरु नुन, सियो र धागो जे जति भारतीय सामानहरु छ फ्याकि खोक्रो राष्ट्रवाद देखाए हुन्छ।

(स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...