News Portal

कर्णालीमा थप ५१ जनाले कोरोनालाई जितेर घर फर्के

हिमाली संचार संवाददाता
४८८ पटक

२०७७ असार १९, शुक्रबार
सुर्खेत – कर्णाली प्रदेशमा आज थप ५१ जनाले कोरोनालाई जितेर घर फर्केका छन। आज सुर्खेत र दैलेखका विभिन्न आसोलेसन सेन्टरबाट उनिहरु कोरोना मुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालय स्वास्थ्य माहाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्ला केहीदिन निको हुनेदर बढ्दै गएको भन्दै हालसम्म ११ सय २८ जनाले कोरोना जितेको बताउनुभयो।

यस्तै आज थप ९ जना कोरोना संक्रमित थपिएका छन। दैलेखको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नारायण नगरपालिका ८ र डुङगेश्वर गाँउपकालिकाका एक जनामा संक्रमण देखिएको हो।

यो सँगै दैलेखमा कोरोना संक्रमितको संख्या ७ सय ७५ पुगेको छ। दैलेखमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएका रिपोर्ट झन्डै एक सातापछि आज रिपोर्ट सार्वजनिक गरिएको हो।

दैलेखमा परीक्षण गरिएको पीसीआर रिपोर्ट भेरी अस्पताल, नेपालगञ्जले पुन परिक्षण गरेपछि मात्रै रिपोर्ट सार्वजनिक गरिएको हो। यस्तै कर्णालीमा निको भएका र मृत्यु भएका घटाउदा अव २ सय ९९ जनाको विभिन्न आसोलेसनमा उपचार भईरहेको छ।

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएको छ।नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालय नै सिल गरिएको छ।

दैलेखमा सवै भन्दा वढि कोरोना संक्रमण देखिएको नारायण नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालयबाट प्रवाह हुनै कामकाज नै ठप्प भएका छन।

कार्यालयमा अन्य कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुको स्वाव संकलन गर्ने काम भईरहेको नगरपालिकाका मेयर रत्नवहादुर खड्काले वताउनुभयो।

दैलेखमा संचालन भएको पिसिआर मेशिन संचालन भएपछि जिल्लामा कोरोना जाचँ भईरहेको छ।

आज मात्र १ सय १४ जनाको परिक्षण गर्दा ९ जना संक्रमित थपिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले बताउनुभयो।

अवदेखी नारायण नगरपालिकाका काम कारवाही नगरपालिकाको प्राङ्गढवाट दिने तयारी गरिएको छ।

दैलेखमा जम्मा ७ सय ७५ जना कोरोना सक्रमित मध्ये अहिलेसम्म ६ सय ५० जना निको भएर घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...