News Portal

कर्णालीमा थप ५१ जनाले कोरोनालाई जितेर घर फर्के

हिमाली संचार संवाददाता
५४३ पटक

२०७७ असार १९, शुक्रबार
सुर्खेत – कर्णाली प्रदेशमा आज थप ५१ जनाले कोरोनालाई जितेर घर फर्केका छन। आज सुर्खेत र दैलेखका विभिन्न आसोलेसन सेन्टरबाट उनिहरु कोरोना मुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालय स्वास्थ्य माहाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्ला केहीदिन निको हुनेदर बढ्दै गएको भन्दै हालसम्म ११ सय २८ जनाले कोरोना जितेको बताउनुभयो।

यस्तै आज थप ९ जना कोरोना संक्रमित थपिएका छन। दैलेखको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नारायण नगरपालिका ८ र डुङगेश्वर गाँउपकालिकाका एक जनामा संक्रमण देखिएको हो।

यो सँगै दैलेखमा कोरोना संक्रमितको संख्या ७ सय ७५ पुगेको छ। दैलेखमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएका रिपोर्ट झन्डै एक सातापछि आज रिपोर्ट सार्वजनिक गरिएको हो।

दैलेखमा परीक्षण गरिएको पीसीआर रिपोर्ट भेरी अस्पताल, नेपालगञ्जले पुन परिक्षण गरेपछि मात्रै रिपोर्ट सार्वजनिक गरिएको हो। यस्तै कर्णालीमा निको भएका र मृत्यु भएका घटाउदा अव २ सय ९९ जनाको विभिन्न आसोलेसनमा उपचार भईरहेको छ।

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएको छ।नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालय नै सिल गरिएको छ।

दैलेखमा सवै भन्दा वढि कोरोना संक्रमण देखिएको नारायण नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालयबाट प्रवाह हुनै कामकाज नै ठप्प भएका छन।

कार्यालयमा अन्य कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुको स्वाव संकलन गर्ने काम भईरहेको नगरपालिकाका मेयर रत्नवहादुर खड्काले वताउनुभयो।

दैलेखमा संचालन भएको पिसिआर मेशिन संचालन भएपछि जिल्लामा कोरोना जाचँ भईरहेको छ।

आज मात्र १ सय १४ जनाको परिक्षण गर्दा ९ जना संक्रमित थपिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले बताउनुभयो।

अवदेखी नारायण नगरपालिकाका काम कारवाही नगरपालिकाको प्राङ्गढवाट दिने तयारी गरिएको छ।

दैलेखमा जम्मा ७ सय ७५ जना कोरोना सक्रमित मध्ये अहिलेसम्म ६ सय ५० जना निको भएर घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...