News Portal

  • मकाउदेखि नेपाली महावाणिज्य दूतावास हङकङमा ७८ जनाको आवेदन, आवेदन आज अन्तिम दिन

    हिमाली संचार संवाददाता
    ९०९ पटक
    २०७७ आसाढ ६, शनिवार

    मकाउ । मकाउमा कार्यरत नेपालीहरु मध्ये ७८ जना नेपालीहरुले स्वदेश जानको लागि नेपाली महावाणिज्य दूतावास हङकङमा आवेदन दिएका छन् । एनआरएन मकाउले, एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद वैदेशिक रोजगार राहतकोष समितिका सदस्य सुदर्शन थापा मगरलाई समन्वय गर्न संयोजक दिएको छ। नेपाल फर्कनका लागि आवेदन आह्वान गरेको अन्तिम दिन आज (२० जुन) समेत तोकेको छ ।

    विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कारण मकाउमा रहेका नेपाली सुरक्षित रहेता पनि मकाउ सरकारले लामो समय एयरपोर्ट र अध्यागमनमा कडाई गरेका हुनाले मकाउका अन्तराष्ट्रीय विमानस्थलमा कार्यरत नेपालीहरुको भिसा नवीकरण नहुदा, अन्य कम्पनिहरुदेखि राजीनामा दिएका, केही धरेलुकामदार र केही गर्भवती महिला समेत रहेका ७८ जना नेपालीहरुले स्वदेश जानका लागि हङकङ कन्सुलरमा आवेदन दिएका छन् । आवेदनका समयावधि जून २० तारीख मध्य रात सम्म रहेको एनआरएन मकाउले जानकारी दिएको छ । 

    मकाउदेखि नेपाल फर्कने नेपालीहरुले नेपाल सरकारले तोकेका क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नु पर्ने छ । मकाउमा रहेका मकाउका सरकारी अस्पतालले प्रमाणित गरेको कोभिड-१९ संक्रमित छैन भनेर पुष्टि गरेका स्वास्थ्य प्रमाणपत्र अनिवार्य साथमा लिएर जानु पर्ने हुन्छ । नेपाल फर्कने श्रमिकहरुको टिकट खर्च भने यहाँ स्थित सम्बन्धित कम्पनीद्वारा भुक्तानी हुनेछ । नेपाल फर्किन  हवाई टिकटको समस्या भएकाहरुले संधमा आवेदन दिएमा संधले आवश्यक सहयोग गर्ने पनि जानकारी दिएको छ ।  हवाई टिकटको लागि हारभेस्ट मुन एजेन्सी रहेको समेत सुदर्शन थापा मगरले हिमाली संचार संगको सम्वादमा जानकारी दिएको हो । 

    नेपाली सहयोगी हातहरु, मकाउले नेपाल फर्कने नेपालीहरुका लागि विभिन्न खाधन्न सामाग्री जस्ता आधारभूत दैनिक उपभोग्य सामाग्रीका लागि सहजिकरण गरेको थियो ।अव नेपाल जान लागेका नेपालीहरुलाई स्वास्थ्य सामग्री सर्जिकल माक्स साथै सेनिटाइजर पनि मकाउ फेरीमा वितरण गर्ने नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष समेत रहेका सुदर्शन थापा मगरले जानकारी दिएका हुन । 

    नेपाली महावाणिज्य दूतावास हङकङमा आवेदन दिएका नेपालीहरुले मकाउ-हङकङ चल्ने पानी जहाज भएर सिधै हङकङ अन्तराष्ट्रिय विमानस्थल हङकङ देखि काठमाण्डौका लागि उड्नेछ । जसको सम्पूर्ण आवश्यक प्रक्रिया तयारी हुदै गरेको थापाले हिमाली संचार संगको सम्बादमा बताएका छन् ।

    त्यस्तै, मकाउमा कार्यरत नेपालीहरु धर विदा (नेपाल) गएकाहरु “भिसाको म्याद भएका” नेपालमै लकडाउनका कारण नेपालदेखि मकाउ आउन नसकेकाहरुको मकाउ सरकारले विदेशी कामदारका लागि मकाउ प्रवेश दिने सूचना जारी गरे पश्चात नेपालदेखि मकाउ आउन समेत प्रवन्ध गरेर समन्वय गरी सहयोग गर्ने सुदर्शन थापा मगरले जानकारी दिएका छन् । 

    संयोजक सुदर्शन थापा मगरले सबै नेपाली र व्यक्तिगत तर्फबाट म आफैले मकाउका सबै प्रतिष्ठित कम्पनीहरुलाई यस महामारीको अवधिमा कुनै पनि नेपालीलाई बर्खास्त नगर्न अनुरोध समेत गरेका छन । मकाउमा हाल सम्म ४ हजार ५ सय २२ जना नेपालीहरुले काम गरिरहेका आधिकारिक तथ्याङ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal