News Portal

मकाउदेखि नेपाली महावाणिज्य दूतावास हङकङमा ७८ जनाको आवेदन, आवेदन आज अन्तिम दिन

हिमाली संचार संवाददाता
११२६ पटक
२०७७ आसाढ ६, शनिवार

मकाउ । मकाउमा कार्यरत नेपालीहरु मध्ये ७८ जना नेपालीहरुले स्वदेश जानको लागि नेपाली महावाणिज्य दूतावास हङकङमा आवेदन दिएका छन् । एनआरएन मकाउले, एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद वैदेशिक रोजगार राहतकोष समितिका सदस्य सुदर्शन थापा मगरलाई समन्वय गर्न संयोजक दिएको छ। नेपाल फर्कनका लागि आवेदन आह्वान गरेको अन्तिम दिन आज (२० जुन) समेत तोकेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कारण मकाउमा रहेका नेपाली सुरक्षित रहेता पनि मकाउ सरकारले लामो समय एयरपोर्ट र अध्यागमनमा कडाई गरेका हुनाले मकाउका अन्तराष्ट्रीय विमानस्थलमा कार्यरत नेपालीहरुको भिसा नवीकरण नहुदा, अन्य कम्पनिहरुदेखि राजीनामा दिएका, केही धरेलुकामदार र केही गर्भवती महिला समेत रहेका ७८ जना नेपालीहरुले स्वदेश जानका लागि हङकङ कन्सुलरमा आवेदन दिएका छन् । आवेदनका समयावधि जून २० तारीख मध्य रात सम्म रहेको एनआरएन मकाउले जानकारी दिएको छ । 

मकाउदेखि नेपाल फर्कने नेपालीहरुले नेपाल सरकारले तोकेका क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नु पर्ने छ । मकाउमा रहेका मकाउका सरकारी अस्पतालले प्रमाणित गरेको कोभिड-१९ संक्रमित छैन भनेर पुष्टि गरेका स्वास्थ्य प्रमाणपत्र अनिवार्य साथमा लिएर जानु पर्ने हुन्छ । नेपाल फर्कने श्रमिकहरुको टिकट खर्च भने यहाँ स्थित सम्बन्धित कम्पनीद्वारा भुक्तानी हुनेछ । नेपाल फर्किन  हवाई टिकटको समस्या भएकाहरुले संधमा आवेदन दिएमा संधले आवश्यक सहयोग गर्ने पनि जानकारी दिएको छ ।  हवाई टिकटको लागि हारभेस्ट मुन एजेन्सी रहेको समेत सुदर्शन थापा मगरले हिमाली संचार संगको सम्वादमा जानकारी दिएको हो । 

नेपाली सहयोगी हातहरु, मकाउले नेपाल फर्कने नेपालीहरुका लागि विभिन्न खाधन्न सामाग्री जस्ता आधारभूत दैनिक उपभोग्य सामाग्रीका लागि सहजिकरण गरेको थियो ।अव नेपाल जान लागेका नेपालीहरुलाई स्वास्थ्य सामग्री सर्जिकल माक्स साथै सेनिटाइजर पनि मकाउ फेरीमा वितरण गर्ने नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष समेत रहेका सुदर्शन थापा मगरले जानकारी दिएका हुन । 

नेपाली महावाणिज्य दूतावास हङकङमा आवेदन दिएका नेपालीहरुले मकाउ-हङकङ चल्ने पानी जहाज भएर सिधै हङकङ अन्तराष्ट्रिय विमानस्थल हङकङ देखि काठमाण्डौका लागि उड्नेछ । जसको सम्पूर्ण आवश्यक प्रक्रिया तयारी हुदै गरेको थापाले हिमाली संचार संगको सम्बादमा बताएका छन् ।

त्यस्तै, मकाउमा कार्यरत नेपालीहरु धर विदा (नेपाल) गएकाहरु “भिसाको म्याद भएका” नेपालमै लकडाउनका कारण नेपालदेखि मकाउ आउन नसकेकाहरुको मकाउ सरकारले विदेशी कामदारका लागि मकाउ प्रवेश दिने सूचना जारी गरे पश्चात नेपालदेखि मकाउ आउन समेत प्रवन्ध गरेर समन्वय गरी सहयोग गर्ने सुदर्शन थापा मगरले जानकारी दिएका छन् । 

संयोजक सुदर्शन थापा मगरले सबै नेपाली र व्यक्तिगत तर्फबाट म आफैले मकाउका सबै प्रतिष्ठित कम्पनीहरुलाई यस महामारीको अवधिमा कुनै पनि नेपालीलाई बर्खास्त नगर्न अनुरोध समेत गरेका छन । मकाउमा हाल सम्म ४ हजार ५ सय २२ जना नेपालीहरुले काम गरिरहेका आधिकारिक तथ्याङ रहेको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...